बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोग गरेर कृषि उत्पादन बढाउने अभियान सुरु गर्ने भएको छ । सरकारले बजेट भाषणमार्फत बाँझो जमिन उपयोग नीति अघि सारे पनि व्यावहारिक कार्यान्वयन हुन नसकेको...

सम्बन्धित सामग्री

चेम्बरले माग्यो कृषि उपकरण आयातमा पूर्ण छुट

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि उपकरण आयातमा पूर्ण छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । बाँझो जमिन सदुपयोग नीति बनाएर बजेटमा विशेष व्यवस्था गर्नसमेत उसको आग्रह छ । ‘बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रिकीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाइनुपर्छ,’ चेम्बर अफ कमर्सका प्रतिनिधिले अर्थमन्त्री प्रकाशशरण महतलाई शुक्रबार भेटेर दिएको सुझावमा भनिएको छ ।

बाँझो जमिन प्रयोगमा ल्याउन ५० प्रतिशत अनुदान

बाँझो जमिन सदुपयोग गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले अनुदान कार्यक्रम सञ्चालन सुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रममार्फत् कृषकको मागअनुसार सबै किसिमका व्यवसाय गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षमा कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमका लागि प्राविधिक अनुगमनको काम सकिएको मन्त्रालयका […]

बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

बेनी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो । ‘किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट जोगाउन रुख कटान गर्न लागिएको हो’, उपप्रमुख ज्योति लामिछानेले भनिन् । बाँझो जमिन सदुपयोग गर्न […]

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरको सहयोग

नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरू गर्ने भएको छ ।बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यान्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोगमार्फत कृृषि उत्पादन वृद्धि गर्ने अभियान सुरू गर्न लागेको हो । यसका लागि ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न लागिएको […]

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरु गर्ने भएको छ । बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यन्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोगमार्फत कृषि उत्पादन वृद्धि गर्ने अभियान थालेको हो । यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘कृषि प्रधान मुलुकमा जमिन बााझो राखेर  अहिले पनि वार्षिक २ खर्ब भन्दा बढीको कृषि उपजको आयत गरिरहेका छौं । युवाहरुलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न चेम्बरले आवश्यक सबै समन्वय गर्नेछ ।’

ताराखोलाको नीति : बाँझो जमिनमा कृषि

बागलुङ । ताराखोला गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्ने नीतिमार्फत काम थालेको छ । गाउँपालिकाले कृषि उत्पादनमा जोड दिँदै ५०० रोपनी जग्गा लिएर आफ्नै उत्पादनको केन्द्र बनाउने योजना अगाडि सारेको हो ।    यसका लागि ६५ रोपनी जमिन १० वर्षका लागि भाडामा लिइसकेको छ । वडा नं ४ को नागबेली खोलामा उक्त जग्गा लिएको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । जग्गा सदुपयोग गरेर आलुखेती गर्ने र किसानलाई नमूना फार्मका रूपमा देखाउने लक्ष्य रहेको उनले सुनाए । ‘हामीले आफ्नो उत्पादन केन्द्र देखाएर अन्य किसानलाई पनि प्रेरित गर्ने भनेका छौं,’ उनले भने, ‘त्यसका लागि जग्गाको खोजीमा लागेका छौं ।’ ताजा तरकारी उत्पादनमा पनि यो अभियान जोडिने बताइएको छ । गाउँपालिकाले समपूरक कोष र विशेष अनुदान समेत जुटाएर यो काम गर्ने लक्ष्य राखेको छ । यो अभियान पूरा गर्न कम्तीमा १० करोडसम्म लाग्ने अनुमान छ । पहिलो चरणमा भने सानो रकमबाटै काम थाल्ने उनले जानकारी दिए । पालिकाले पहिलो वर्ष लिएको घरघरै उद्यमी बनाउने योजनामा यो कार्यक्रम सहयोगी हुनेछ । ताराखोलामा विशेषगरी आलु, मूला, साग, च्याउजस्ता तरकारी खेती हुने गर्छ । साथै मौसमी तरकारीको उत्पादनलाई पनि बजारीकरण गर्ने योजनाअनुसार संकलन र विक्रीको प्रबन्धमा किसानलाई नै अगुवाइ गर्न लगाएको ताराखोला–४ का वडाध्यक्ष जितबहादुर खत्रीले बताए । अलैंची र किबी नगदेबाली पनि यहाँ व्यावसायिक रूपमा उत्पादन भइरहेका छन् । कम्तीमा १० टन अलैंची अहिले पनि उत्पादन भइरहेको स्थानीय इन्द्र रोकाले बताए । कतिपय स्थानमा सिँचाइका आयोजना सञ्चालन गरेमा बाँझो जमिन उपयोग हुने योजना छ ।  चालू वर्ष अर्गल सिँचाइ आयोजना शुरुआत छ । वडा नं १ देखि ५ सम्म सिँचाइका लागि पोखरी निर्माणमा पनि गाउँपालिकाले लगानी गरेको छ । उद्योगतर्फ घरेलु प्रकारका बढी छन्, जसमा ढुंगाखानी, ढाका बुनाइ, नेपाली हाते कागज जस्ता सामान यहाँ उत्पादन भरहेका छन् । भाँगो लगायत मगर ममुदायले लगाउने अन्य पोशाक पनि बनाएर कमाइको माध्यम बनाउनेछन् । उनीहरूलाई सूचीकृत गर्ने, बीउ पूँजी दिएर उत्पादनलाई व्यावसायिक बनाउन लगाउने योजना उनले सुनाए । ताराखोलामा हाल पाइने रातो च्याउलाई व्यवस्थित रूपमा उत्पादन गरेर बजारीकरणमा लगाउन ग्रामीण किसानलाई तालिम समेत दिने योजना छ । हाल भाँगोलाई चटनीका रूपमा प्रयोग गरे पनि सरकारी तहबाट भने गाँजाका रूपमा चित्रण हुँदा बेलाबेला नष्ट गर्नेक्रम चल्छ । संसद्मा गाँजाको व्यावसायिक खेतीलाई अनुमति दिनेगरी कानूनको मस्यौदा तयार भएकाले किसान उत्साही छन् । रासस

४० वर्षदेखिको बाँझो जमिनमा भविष्य खोज्‍न थाले युवाले

डडेल्धुरा : ४० वर्षदेखि बाँझो रहेको जमिनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका युवाले आलु खेती गर्न सुरु गरेका छन्। गन्यापधुरा गाउँपालिका–४ रुमाइलका युवाले समूह नै बनाएर पुर्खाले गाईभैंसी पालनका लागि बनाएका खर्कहरुमा २ सय ५० रोपनी बाँझो जमिन सदुपयोग गरेका हुन्।  गाउँपालिका– ४ को बन्तोली भन्ने ...

बाँझो जमिनमा खेती गर्दै दैलेखकाे भगवतीमाई गाउँपालिका

दैलेखको भगवतीमाई गाउँपालिकाले पालिकाका २६ स्थानमा रहेको बाँझो जमिन सदुपयोग गरेको छ । पालिकाका वडा १ देखि ६