नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताएका छन् । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा आज स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा उनले जिल्लाको विकास निर्माणका लागि चिन्ता नलिन आग्रह गरे । तनहुँको विकासको जिम्मा आफूले लिएको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “गत प्रतिनिधिसभा निर्वाचनबाट तनहुँका सबै क्षेत्रमा कम्युनिष्टले जितेपछि विकासको कामले गति लिन सकेन, योबीचमा ठूला योजना सञ्चालन हुन सकेनन्, तर अब जिल्लाको विकासको जिम्मा म लिन्छु ।