काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन् । एमालेले साना दलहरुसँग तालमेल गरेको र ति दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो ।
मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल...