देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित

नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित सामग्री

देशभर कोभिडका सक्रिय संक्रमित १८ जना

काठमाडौं : नेपालमा हाल कोभिड १९ का सक्रिय संक्रमितको संख्या १८ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर १८ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।पछिल्लो २४ घन्टामा १ हजार ८६१ जनामा गरिएको परीक्षणमा ३ जना कोभिडका संक्रमित भेटिएका छन् भने यही समयमा २ जना संक्रमणमुक्त भएका छन्। आज देशभर ८ हजार ८५८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

देशभर कोरोनाका सक्रिय संक्रमित ७२ जना

काठमाडौं : देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७२ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ७२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बुधबार १ हजार ६८३ जनाको परीक्षण गर्दा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन्।

देशभर ४४४ जना सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।

देशभर ६२८ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोही अवधिमा ६८ जना निको भएको जनाएको छ । सो अवधिमा मृत्यु संख्या शून्य रहेको छ ।  हाल देशभर ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

देशभर जम्मा ८८९ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार ३७५ जनामा गरिएको परीक्षणमा ३३ जना संक्रमित थपिएका हुन्।आज ६६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८८९ जना सक्रिय संक्रमित रहेका छन्।

देशभर ९७ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ४७ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित थपिएका हुन्। आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ। आइसियूमा र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ। सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३५ वटा रहेको मन्त्रालयले जनाएको छ।

कोरोना अपडेट : देशभर अझै १ सय १४ जना सक्रिय संक्रमित

काठमाडौं : शनिबार देशभर ८ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार एक हजार ९६९ जनामा  गरिएको परीक्षणमा ८ जना संक्रमित भेटिएका हुन्।गएको २४ घण्टामा १५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। अहिले पनि देशभर १ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  जसमा काठमाडौं उपत्यकामा ३५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९५ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८५ प्रतिशतले पूर्ण खोप लगाएका छन्

देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा कोभिड-१९ का १० जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७६८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्। आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ३० जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशको ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित

देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १

अब देशभर ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ११ मात्र

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पछिल्ला दिन देशभर कोरोना संक्रमितको संख्या घटिरहेको छ। आज पाँचभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला मात्र ११वटा रहेको मन्त्रालयले जनाएको छ। केही साता अघिसम्म नेपालका ५०भन्दा बढी जिल्ला दैनिक सक्रिय संक्रमितको संख्या पाँचसयभन्दा बढी रहेको थियो। आज पाँचसयभन्दा सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ,झापा, सुनसरी,काठमाडौं,ललितपुर,भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र सुर्खेत छन्।