नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण देखिएको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुको मंगलबार कोरोना परीक्षण गर्दा तीनजना खेलाडीलाई कोरोना देखिएको हो ।
कप्तान मल्लले बुधबार सामाजिक संञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बनाएका छन् । मल्लले आफूमा कोरोनाका कुनै पनि लक्षण नभएको बताएका छन् ।
भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले शुक्रबार कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्ने भएका छन् । विदेश मामिलासम्बन्धी थिंकट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा विदेशसचिव शृंगलाले होटेल सोल्टीमा सम्बोधन गर्ने कार्यक्रम छ ।
माध्यमिक तहसम्मको परीक्षा सञ्चालनका लागि गठन भएको राष्ट्रिय परीक्षा बोर्डमा दुई परीक्षा नियन्त्रण कार्यालय सञ्चालनमा छन् । एकै प्रकृतिका काम गर्ने दुवै कार्यालयमा कर्मचारीको सुविधा भने फरक छ ।
०७३ मा शिक्षा ऐन, २०२८ आठौँ संशोधनमार्फत कक्षा–९ देखि १२ लाई ‘माध्यमिक तह’ परिभाषित गरिएको छ । र, ‘माध्यमिक शिक्षा परीक्षा’ (एसइई) र ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ (एसएलसिई) सञ्चालनका लागि राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै छिट्टै सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको हो । सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले इन्जिनिरिङ कलेज चाँगुनारायण भक्तपुरमा ठगी गरेको आरोपमा न्यौपानलाई पक्राउ गरिएको बताए ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रधानमन्त्री केपी ओलीनिकट नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टीपंक्ति विभाजनविरुद्ध उभिँदा नेतृत्व दबाबमा परेकाले छिट्टै नयाँ आधारमा नयाँ एकतासहितको सम्भावना औँल्याएका छन् ।
१३ मंसिरमा बोलाइएको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने बेग्ला–बेग्लै राजनीतिक प्रतिवेदनले नेकपा विभाजनको सम्भावना नजिकिएको चर्चा चलिरहेका वेला बाँस्कोटाले भने नयाँ आधारमा नयाँ एकताको सम्भावना औँल्याएका हुन् ।
कर्णाली प्रदेश सरकारले सहिद र बेपत्ता व्यक्तिका परिवारलाई शिक्षा, निःशुल्क स्वास्थ्य सेवा र रोजगारीका कार्यक्रम ल्याउने भएकाे छ ।
बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगले सुर्खेतमा गरेको कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहिद र बेपत्ता व्यक्तिका परिवारलाई लक्षित गरी शिक्षा, निःशुल्क स्वास्थ्य सेवा तथा रोजगारी दिने नीति ल्याउन लागेकाे बताए ।
‘राजा आऊ, देश बचाऊ’को नारा लगाउँदै जनकपुरमा राजावादीले प्रदर्शन गरेका छन् । जनकपुरको रेल्वे स्टेसनबाट सुरु भएको प्रदर्शनमा सहभागीले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्नेलगायतका माग गरेका छन् ।
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको विवाद बैठकबाट अन्त्य हुने बताएका छन् । नेकपानिकट नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन उद्घाटन कार्यक्रममा बुधबार नेता नेपालले बैठकबाटै सबै समस्याको समाधान हुने बताएका हुन् ।
नेकपामा कसैको मनोमानी नचल्ने भन्दै उनले विधिप्रणालीमा आएर सबैले निर्णय मान्नुपर्ने बताए ।
मन्त्रिपरिषद् बैठकले तीनजना सचिव बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको एकमन्त्रीले जानकारी दिए ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । चुनावी साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वेभिनार’मार्फत उद्घाटन गर्नेछन् । मंसिर ११ गते विहान साढे ११ बजे उद्घाटन हुने साधारण सभामा मंसिर १२ गते जुम प्रविधिबाट हुने बन्दसत्र संचालन हुने छ । यस्तै निर्वाचन तथा मतदान १३ गते विहान ८ बजेदेखि हुने महासंघको निर्वाचन समितिले जनाएको छ ।
खेतको आली काटेको निहुँमा विवाद हुँदा काठको चिर्पटले हानेर बुधबार एक जनाको हत्या भएको छ । हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । अन्य दुई फरार छन् ।
गरुडा नगरपालिका–७ भिमडाबर गाउँमा बुधबार जग्गाको विषयलाई लिएर दुई पक्षबीच विवादपछि झडप हुँदा चिर्पटले हानेर ५० वर्षीय फतिंगा ठाकुरको हत्या भएको हो ।
सुरक्षाको निहुँमा चिनियाँ कम्पनीमाथि भेदभावपूर्ण व्यवहार गरिएको भन्दै चीनले त्यस्ता कदमहरू तत्काल सच्याउन भारतसमक्ष अपिल गरेको छ । साथै, यस्तै भेदभाव जारी रहे चीन-भारत आपसी सहयोगमा समेत ठूलो क्षति पुग्नसक्ने चेतावनी पनि चीनले दिएको छ ।
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को ट्रायल कहिलेबाट खुला गर्ने अनिश्चित बनेको छ । कोरोना संक्रमणका कारण चैतदेखि रोकिएको ट्रायल खुलाउन यातायात व्यवस्था विभागले कुनै ठोस निर्णय लिन सकेको छैन ।
प्रजातन्त्रका सेनानी घोइरो कामीका नामले परिचित दलबहादुर कामीको ८८ वर्षमा निधन भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ भोर्लेटारमा बस्दै आएका उनको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको हो । उनी विगत दुई वर्षदेखि दम र मुटुको समस्याबाट पीडित थिए ।
बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परि २ जना प्रहरी घाइते भएका छन् ।
सुरक्षाको निहुँमा चिनियाँ कम्पनीमाथि भेदभावपूर्ण व्यवहार गरिएको भन्दै चीनले त्यस्ता कदमहरू तत्काल सच्याउन भारतसमक्ष अपिल गरेको छ ।
साथै, यस्तै भेदभाव जारी रहे चीन-भारत आपसी सहयोगमा समेत ठूलो क्षति पुग्नसक्ने चेतावनी पनि चीनले दिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा दी बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ बार्सिलोनाका कप्तान लियोनल मेस्सी र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित ११ खेलाडी परेका छन् ।
भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको बुधबार बिहान निधन भएको छ । उनका छोरा फैसल पटेलले ट्वीटमार्फत बुवाको निधन बुधबार बिहान साढे ३ बजे भएको बताएका छन् ।
भारत सरकारले सपिङसम्बन्धी वेबसाइट अली एक्सप्रेससहित ४३ वटा चिनियाँ एप प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले ती एपहरु सूचना प्रविधि ऐनको प्रावधानअनुसार भारतमा प्रतिबन्ध लगाइएको मंगलबार जनाएको हो ।
पूर्वअमेरिकी राज्यसचिव जोन केरीलाई विशेष वातावरणदूतका रुपमा नियुक्त गर्ने राष्ट्रपति निर्वाचित बाइडेनको टोलीले जानकारी दिएको छ । सोमबार बाइडेनको टोलीले शीर्ष पद नियुक्तिका लागि सार्वजनिक गरेका व्यक्तिहरुमा केरीको नाम पनि आएको हो । यस निर्णयले जलवायु परिवर्तनको विषयमा अमेरिकाको भूमिका वृद्धि गर्ने विश्वास गरिएको छ ।