सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मङ्गलबारको सचिवालय बैठक तिक्तापूर्णरूपमा टुङ्गिएको छ ।
बैठकको सुरुमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव ‘छलफल गर्न आवश्यक छैन’ भनेपछि बैठक चर्काचर्कीमा परिणत भएको स्रोतको जिकिर छ ।
बैठकको सुरूमै प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेको स्रोतले जानकारी दियो । तर अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको औचित्यताका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए ।
सम्बन्धित :
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा भयंकर ठूलो व्यक्तिवाद र अहंकार देखिएको आरोप लगाएका छन् । ओलीले शनिबारको सचिवालयमा पेस गरेका ३८ पेज लामो प्रस्तावमाथि मंगलबारको बैठकमा बोल्दै दाहालले ओलीले गुटबन्दी गरेको पनि बताएका छन् ।
करिब ९ महिनापछी नेपाली र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउनेगरी नेपाल भारत हवाइ उडानको तयारी गरिएको छ। यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ। तर, उडानको मिति भने तय भइसकेको छैन।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।
उनले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं २ अन्तर्गतको ऋषिङ गाउँपालिका जोड्ने सोडेस्थित सेती नदीमाथिको पक्की पुलको उद्घाटन गरेका हुन् ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोकसेवा आयोगले सङ्घीय लोकसेवा आयोगको छविलाई कायम राख्दै काम गर्नुपर्ने बताएका छन् । प्रदेश लोकसेवा आयोगको कार्यालय निरीक्षण तथा अवलोकनका लागि आयोगको कार्यालय हेटौँडा पुगेका मुख्यमन्त्री पौडेलले कसैले पनि आफूले प्राप्त गरेको अख्तियारको दुरुपयोग गर्नु नहुने धारणा राखे ।
मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गरिने बताएका छन् । प्रादेशिक अस्पताल जनकपुरले आज प्रकाशित गरेको स्मारिका विमोचन कार्यक्रममा मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानको लागि सो जग्गा उपयुक्त हुने उल्लेख गरे ।
मुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको समस्याको मुख्य जड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले पेस गरेको ३८ पुष्ठ लामो राजनीतिक प्रस्तावमाथि मंगलबारको सचिवालय बैठकमा धारणा राख्दै नेता नेपालले ओलीले व्यक्तिवाद त्याग्नुपर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एचआईभी संक्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।
३३औं विश्व एड्स दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ भएजस्तै सन् १९९० को दशकमा महामारीको रुपमा देखिएको एचआईभी संक्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका हुन् ।
सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बहानामा संस्था तथा व्यक्तिलाई प्रयोग गर्न नदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । स्थानीय सरकारी सञ्चालन ऐनमा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी स्थानीय तहलाई तोकिएकोमा उनीहरूले नै दुरुपयोग गर्न थालेपछि मन्त्रालयले यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ
महोत्तरीको बर्दिवास १४ की ६ वर्षीया बालिका गुलाबसा खातुनको हत्या र बुद्धिराज न्यौपाने (सञ्जय) को मृत्यु घटना छानबिन गर्न गठित समिति जनकपुर आइपुगेको छ । बलात्कारपछि हत्या भएकी बालिकाको न्यायको माग्दै भएको प्रदर्शनमा प्रहरी गोली लागी उपचारका क्रममा न्यौपानेको ज्यान गएको घटना छानबिन गर्न समिति प्रदेश २ मा आइपुगेको हो ।
नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले ५० वर्षसम्म नेकपाले सरकार चलाउने बताएका छन् । हुम्लाका नेता तथा कार्यकर्तासँग मंगलबार कुरा गर्दै उनले ५० वर्षसम्म चुनाव जितेर बहुमतको सरकार चलाउने दाबी गरेका हुन् ।
कोभिड–१९ विरुद्धको खोप विकास गरेको अमेरिकी कम्पनी मोडर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति माग गरेको छ । आफूले विकास गरेको खोपको क्लिनिकल परीक्षण ९४ प्रतिशत प्रभावकारी रहेको पुष्टि भएको भन्दै मोडर्नाले सोमबार खोप प्रयोगको अनुमति मागेको हो ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले रासायनिक हतियार नष्ट गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । विश्वलाई नै रासायनिक हतियारविहीन बनाउन उनले सोमबार सबै राष्ट्रलाई आग्रह गरेका हुन् ।
क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उनलाई पनि संक्रमण पुष्टि भएपछि अहिले १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरूले जानकारी दिएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उदृत गर्दै ती विज्ञले किमलाई हालै सो खोप दिइएको बताएका हुन् ।