वासिङ्टन डिसी (अमेरिका) । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन भएको छ । सन् २००२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता डेनियलको ९० वर्षको उमेरमा निधन भएको हो ।
अमेरिकाको प्रिन्सटन विश्वविद्यालयले उनको मृत्युको घोषणा गरेको छ, जहाँ उनी सन् १९९३ देखि काम गरिरहेका थिए ।
उनी व्यवहारात्मक अर्थशास्त्रका पर्यायवाची मानिन्छन्, यद्यपि उनले अर्थशास्त्रको औपचारिक शिक्षा भने लिएका छैनन् । उनी सबैभन्दा धेरै विक्री हुने पुस्तक ‘थिंकिङ, फास्ट एन्ड स्लो’ लेखक पनि हुन् । उक्त पुस्तक सन् २०११ मा प्रकाशित भएको थियो ।
उक्त पुस्तकले निर्णय गर्ने मनोविज्ञानको व्याख्या गरेको छ । पुस्तकले मानिसको सोच्ने र छनौट गर्ने दुईओटा तरिकाबारे दर्शाएको छ । पहिलो– छिटो, सहज र भावनात्मक । दोस्रो– ढिलो, थप विचारशील र थप तार्किक ।
उनीबारे प्राध्यापक एल्डर शफिरले भने, ‘डेनियल एक विशाल, एक प्रिन्सटन स्टार, एक शानदार मानिस, एक महान सहकर्मी र मित्र थिए ।’
डेनियल सन् १९३४ मा इजरायलको तेल अभिभमा जन्मिएका थिए । उनले आफ्नो बाल्यकाल भने फ्रान्समा बिताएका थिए, त्यहाँको एक रसायन कारखानामा उनका बुबा अनुसन्धान प्रमुख थिए ।
सन् १९४८ मा उनको परिवार प्यालेस्टाइनमा सरेको थियो । उनले सन् १९५४ मा जेरुसेलमको हिब्रु विश्वविद्यालयबाट स्नातक गरेका थिए । त्यसको चार वर्षपछि उनले अमेरिकाको क्यालोफोर्निया विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि शुरु गरेका थिए ।
त्यसपछि सन् १९६१ मा उनी जेरुसेलम फर्किएका थिए । उनी मनोविज्ञान प्राध्यापकको रूपमा आफ्नो करिअर शुरु गर्न जेरुसेलम फर्किएका थिए । त्यहाँ उनको भेट संज्ञानात्मक मनोवैज्ञानिक आमोस टिभरस्काईसँग भयो । उनीसँगको भेटले उनलाई अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने मार्गमा डोर्याएको थियो । बीबीसी
पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनबाट खगराज अधिकारीनिकटका उम्मेदवारले बाजी मारेका छन् । केही महिनाअघि एमाले गण्डकीको चुनावमा भने अर्का गुट पृथ्वीसुब्बा गुरुङ प्यानलले चुनाव जितेको थियो । ५ दिनदेखि पोखरामा भएको अधिवेशनअन्तर्गत अनेक सहमति प्रयास विफल बनेपछि इलेक्ट्रिक भोटिङ आधारमा नेतृत्व छिनोफानो लगाइएको हो । मतदानमा खगराजनिकट उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्री […]
The post एमाले कास्कीमा खगराज गुट हावी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन्।
कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन्।
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् । उनले भनेका छन्- ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने […]
The post सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....