छोटकरीमा: आज- २०७७ पौष २८, मंगलबार

आज 'परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै', 'सूर्य चिह्न आफूहरूले नै पाउने नेकपा प्रचण्ड-नेपाल समूहकाे दाबी', 'नेपाली कांग्रेसद्वारा काेराेना खाेपकाे व्यवस्था गर्न सरकारसँग आग्रह', 'कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटाे खुल्याे', ट्रम्पलाई हटाउने प्रस्ताव संसदमा पेश'लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

भारत भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई विज्ञहरूले सीमा विवाद र कोभिड-१९ खोपलाई भ्रमणकाे मुख्य एजेन्डा बनाउन आग्रह गरेका छन्। त्यस्तै भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले पनि यिनै दुई मुद्दालाई भ्रमणकाे मूल एजेन्डा बनाउने भएका छन्।


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔं भन्नु असंवैधानिक कदम हुनै नसक्ने दाबी गरेका छन्। त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पनि पूर्वघाेषित वैशाखमा हुने चुनावी कार्यक्रममा सबैकाे सहभागिता रहनुपर्ने बताएका छन्।


नेविसंघले नेशनल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेकाे छ। वीरगञ्जस्थित कलेजले अतिरिक्त शूल्क नतिरेको भन्दै दुईजना विद्यार्थीलाई एमबीबीएस परीक्षा दिनबाट बञ्चित गरेपछि कलेजलाई कारबाही गर्न संघले माग गरेकाे हाे।


नेकपा (प्रचण्ड-नेपाल समूह) का अध्यक्ष माधव कुमार नेपालले विगतमा सूर्य चिह्न आफूले नै चुनेकाे बताएका छन्। आफूहरूसँग बहुमत भएकाे दाबी गर्दै उनले सूर्य चिह्न आफूहरूले नै पाउने बताएका हुन्। त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्डले सूर्य चिह्न आफ्नाे नभए आँधीबेहरी ल्याउने बताएका छन्।


नेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले पदकै लागि पार्टी फुटाएकाे बताएका छन्। त्यस्तै उनले प्रधानमन्त्री पदका लागि ओलीले जबज छाेडेकाे समेत बताए। गण्डकी प्रदेशका भएको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। त्यस्तै कार्यक्रममा बाेल्दै नेकपा नेता नारायणकाजी श्रेष्ठले अदालतमा प्रधानमन्त्रीले सेटिङ गरेकाे आराेप लगाएका छन्।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यथाशक्य छिटाे काेराेना खाेप भित्र्याई निःशुल्क वितरण गर्न आग्रह गरेकाे छ। सरकारले भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे भारत भ्रमणपछि मात्रै काेराेना खाेप भित्र्याउने बारे निर्णय दिनसक्ने संकेत देखाएकाे छ।


सर्वाेच्च अदालतले कक्षा ११ काे नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट खारेज गरेकाे छ। अदालतले

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै परेको रिट खारेज गरेकाे हाे। सर्वोच्चले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ। 


अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबाट प्रजातन्त्र र संविधानमाथि खतरा सिर्जना भएकाे भन्दै उनलाई हटाउने प्रस्ताव संसदमा प्रस्तुत भएकाे छ। डेमोक्र्याटहरूले राखेको प्रस्तावमा डोनाल्ड ट्रम्पबाट शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक