भारतले पहिलाेपटक डिजिटल प्रविधिमार्फत बजेट सार्वजनिक गरेकाे छ। वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेकाे बजेटले काेराेना नियन्त्रण तथा खाेप विकासमा ठूलाे रकम खर्च गर्ने याेजना अघि सारेकाे छ।
नयाँ बजेटमा भारतले स्वास्थ्य बजेट १३७ प्रतिशत बढाएकाे छ। त्यस्तै ७५ वर्षमाथिका नागरिकले कर तिर्न नपर्ने व्यवस्था गरिएकाे छ। काेराेना भाइरस नियन्त्रणका लागि ३५ हजार कराेड छुट्याइएकाे छ। त्यस्तै पुँजीगत खर्चतर्फ ५.५४ लाख छुट्याइएकाे छ भने
बजेटमा भारतले नेपाललाई दिँदै आएकाे वार्षिक अनुदान रकममा वृद्धि गरेको छ। आर्थिक वर्ष २०२१/२२ काे बजेटमा नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले बढाएकाे हाे।