'बर्डफ्लु भाइरस ७० डिग्री सेल्सियस तापक्रममा मर्छ। हामीले १०० डिग्री सेल्सियसमा पकाउँदा यदि भाइरस छ भने पनि खतरा हुँदैन। पोलेको मासु खानुपरे समय लगाएर भित्रैसम्म पकाउनुपर्छ। बाहिर पाकेजस्तो देखिए पनि पोल्दा काँचो रहने सम्भावना हुन्छ। नपाकेको जस्तो लागे खानु हुँदैन।'
'फार्ममा काम गर्ने व्यक्ति, ढुवानीकर्ता र मासु काट्ने मान्छे भने सबभन्दा जोखिममा रहेको उनी बताउँछन्। उनीहरूले सुरक्षित रूपमा मास्क, पञ्जा र एप्रोन लगाएर काम गर्नुपर्ने साथै बजारबाट मासु किनेर पकाउने व्यक्तिले अनिवार्य साबुन पानीले हात धुनुपर्छ।'
काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएसँगै रोग अन्यत्र फैलन नदिन सरकार क्रियाशील देखिएको छ। रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकेको पशु सेवा विभागले जनाएको छ । 'बर्ड फ्लुलाई लिएर नेपालको पछिल्लो अवस्था कस्तो देखिएको छ ?' यसबारे छोटकरीले तयार पारेको यो सामग्री पढ्नुहोस्।