सामूहिक बलात्कारका ३ जना आरोपी पक्राउ

सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । यही कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज सार्वजनिक गरेको हो । पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका त