मानव बेचविखन मुद्दाका फरार आरोपी ३० वर्षपछि पक्राउ

मानव बेचविखन मुद्दाका फरार आरोपी नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । पुस ११ मा उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ लोलाङ हाईटबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।काठमाडौं नयाँबजार डेरा गरी बस्ने महिलाको श्रीमान बिरामी भएर अस्पतालमा बसेको मौकामा टेकबहादुरले उनलाई ‘श्रीमती बनाउँछु, दुःख गर्नुपर्दैन’ भनेर ललाई फकाई २०४९ जेठ ३० मा काँकडभिट्टा हुँदै भारतको नयाँदिल्ली लगेर बेचेको प्