जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति

 जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्ति बापत रकम भुक्तानी गरेका छौं ।” उनका अनुसार जिल्लाका आठ स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिएको छ

सम्बन्धित सामग्री

स्याउ खेती बिमामा किसानको आकर्षण

यो वर्ष कर्णालीका किसानले साढे २ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी पाएका छन्। खराब मौसमले गर्दा स्याउ फलेन। किसानले बिमा गरे। क्षतिपूर्ति स्वरूप बिमा रकम पाए। ‘स्याउ खेती बिमा सुरु भएपछि हामीलाई निकै फाइदा पुगेको छ,’ पातारासी गाउँपालिकाका स्याउ किसान अधिराज बिष्टले भने।