इन्टरलक इँटाले बनाउँछ भूकम्पीय प्रतिरोधात्मक र वातावरणमैत्री भवन

काठमाडौं । नेपालमा ०७२ को भूकम्पले पु¥याएको मानवीय क्षति र भौतिक संरचनाको आँकडाले अहिलेसम्म जोकसैलाई झस्काउने गरेको छ । भूकम्प आउनुअघि विज्ञहरूको चेतावनीलाई गहन रूपमा लिएर सुरक्षित आवास निर्माणमा ध्यान दिन सकेको भए यति धेरै क्षति बेहोर्नुपर्ने थिएन । भूकम्पीय क्षतिपछि पुनर्निर्माणसँगै भूकम्पीय प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी विस्तृत अध्ययन सुरु भए । विभिन्न विज्ञहरूको खोज अनुसन्धानबाट प्रथमतः ढुंगा र माटोबाट भूकम्पीय प्रतिरोधात्मक भवन निर्माण विधि बन्यो र सोहीअनुसार भवन निर्माण भए, गरिँदै छन् । त्यसका अलावा विभिन्न स्वतन्त्र अध्ययनबाट एएसी ब्लक, इन्टरलक इँटा, फेब्रिकेटेडलगायतबाट सुरक्षित भवन निर्माण गर्न सकिने प्रविधि र सामग्री उपलब्ध हुन थालिसकेका छन् । भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि इन्टरलक इँटाको महत्वबारे जानी राखौं । सस्तो, टिकाउ, सुलभ, बलियो र छोटो समयमै भूकम्प प्रतिरोधात्मक भवन निर्माण सबैको चाहना हुने गर्छ । यसलाई केही हदसम्म पूरा गरिदिएको छ, विल्ड अप नेपालले । रातो इँटा उपलब्ध नहुने स्थानमा समेत इन्टरलक इँटा उत्पादन गर्न सकिन्छ । उद्योग सञ्चालन गर्न चाहनेलाई चार दिने तालिम र मेसिन उपलब्ध गराएर उद्यमी बन्न सहयोग पु¥याएको छ । सामान्य इँटाजस्तोे पोल्न नपर्ने भएकाले यसलाई वातावरणमैत्री मानिन्छ । यो माटो, बालुवा र सिमेन्टको प्रयोग गरेर निर्माण गरिन्छ, जसले इन्सुलेसनको कार्य गर्दछ । माटोमा तातो र चिसो सोस्ने गुण हुने भएकाले गर्मी र चिसोबाट सुरक्षित राख्न सहयोग पु¥याउँछ । सरकारले तोकेको इँटाको मापदण्ड ३.५ एमपिए (मेगापासकल) हो जबकि यसको मापदण्ड १५ एमपिएसम्म छ । यो इँटाको प्रमुख विशेषता भनेकै कम खर्चमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण हो । अन्य इँटाभन्दा यो इँटाबाट २५ प्रतिशत कम खर्चमा भवन निर्माण गर्न सकिन्छ । सिमेन्ट र बालुवाको मात्रा प्रयोग कम हुनु र इँटाको फिनिसिङ राम्रो भएका कारण प्लास्टर गर्नुपर्ने झन्झट पनि हुँदैन । यस्तो इँटा साइज ९ इन्च र ६ इन्चको साइजमा उपलब्ध हुने गरेको छ । साइज ठूलो र वाल निर्माण गर्न सजिलो भएका कारण अन्य इँटामा भन्दा कम मजदुरको प्रयोगबाट भवन निर्माण गर्न सकिन्छ । यस इँटाबाट कम खर्चमा भवन निर्माण हुनुमा सिमेन्टको कम प्रयोग, प्लास्टर गर्नु नपर्ने र कम कामदारको प्रयोग गरे हुनु रहेको छ । इन्टरलक इँटा भूकम्प प्रतिरोधात्मक हुनुको प्रमुख कारणमा पहिलो, यसको बनाबट नै दुई वटा इँटा एकापसमा जोड्न मिल्ने गरी बनाइएको हुन्छ । दोस्रो, इँटाको बीचमा दुई वटा प्वाल राखिएको हुन्छ, जसको प्वालमा डण्डी राखिन्छ । सो प्वालमा सिमेन्टको घोल राखिन्छ, जसले गर्दा इँटालाई बाँधेर राख्ने काम गर्दछ र वाल बलियो बनाउँछ । यसले गर्दा वाल हल्लिन पाउँदैन र भूकम्पले क्षति पुर्‍याउन सक्दैन । के हो इन्टरलक इँटा ? इन्टरलक इँटा दुई किसिमले उत्पादन हुने गरेको छ । पहिलो, माटो, सिमेन्ट र बालुवाको मिक्सबाट बनाउने गरिन्छ । अर्को, धुलो र सिमेन्टको मिक्सबाट बनाउने गरिन्छ । यो धुलो गिटी बनाउने क्रसर उद्योगबाट आउने धुलो प्रयोग गरिन्छ । तर, नेपालमा विशेषगरी माटो, सिमेन्ट र बालुवाको प्रयोगबाटै इँटा बनाउने गरिएको छ । यो रातो इँटाजस्तो पोल्नुपर्दैन । बालुवा, सिमेन्ट र माटोको मिश्रणलाई मेसिनमा राखिन्छ र बिजुलीको करेन्ट हिटिङमार्फत पकाउने कार्य हुन्छ । सो इँटालाई प्रेस गरेर मेसिनबाट बाहिर निकालिन्छ । बाहिर निकालेको २४ दिनसम्म छायामा राखिन्छ र २१ दिनसम्म क्युरिङ गरिन्छ । त्यसपछि मात्र प्रयोग गर्न उपयुक्त मानिन्छ । यसको विशेषता भनेको स्थानीय क्षेत्रमै उत्पादन गर्न सकिन्छ । बिल्ड अप नेपालका अधिकारी इन्द्रका अनुसार बालुवायुक्त खस्रो माटोमा यो इँटा बनाउन सकिन्छ । चिम्टाइलो र बढी लेसिलोयुक्त माटोमा बनाउन मिल्दैन । त्यसैले खस्रो माटो भएको स्थानमा जहाँ पनि उत्पादन गर्न सकिने भएकाले स्थानीय रूपमा समेत उत्पादन गर्न सकिन्छ । त्यसकारण पनि यो इँटा नेपालको धेरै जिल्लामा उत्पादन भइरहेको छ । यसको उद्योग सञ्चालन गर्न अन्य उद्योगजस्तो ठूलो क्षेत्र नचाहिने, एक–दुई जनाले नै मेसिन सञ्चालन गरेर उत्पादन गर्न सकिने भएकाले पनि यसको उत्पादन लागत अन्य इँटाको तुलनामा कम हुन्छ । दुर्गम क्षेत्रमा समेत उत्पादन गर्न सकिने र भूकम्प प्रतिरोधात्मक भएकाले नेपालका लागि यो इँटाको प्रयोग गरेर भवन निर्माण गर्नु बुद्धिमानी हुन्छ ।

सम्बन्धित सामग्री

वातावरणमैत्री पर्यटन : के गर्ने, के नगर्ने ?

वातावरणमैत्री पर्यटक बन्न चुनौतीपूर्ण छ । पर्यटन एउटा त्यस्तो उद्योग हो, जसले धेरै खराब वातावरणीय प्रभाव पार्छ । थाइल्यान्डस्थित कोफी फि ली (माया बे) सन् २००० मा हलिउड फिल्म ‘द बिच’ प्रदर्शनमा...

साकेलाको वातावरणमैत्री हरित अभियान

बढ्दा जलवायु परिवर्तनलाई कम गर्दै वातावरण बचाउका लागि खोटाङको साकेला गाउँपालिकाले ‘वातावरणमैत्री हरित अभियान’ सञ्चालन गरेको छ। गत वर्षदेखि सुरु भएको सो अभियानलाई यस वर्ष पनि गाउँपालिकाले निरन्तरता दिन थालेको हो।...

भौतिक निर्माण वातावरणमैत्री बनाइनुपर्ने

डेमोक्रेटिक इन्जिनियर्स एलाइन्सले बसोबासयोग्य काठमाडौं सहर विषयमा विज्ञहरूबीच छलफल चलाएको छ। छलफलमा सहभागी विज्ञले भौतिक निर्माणमा अब गो ग्रीन (वातावरणमैत्री) बनाइनुपर्नेमा जोड दिए।...

वातावरणमैत्री विकासमा जोड

नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्रमा विपद् न्यूनीकरणका लागि वातावरणमैत्री विकास र दिगो पूर्वाधार निर्माण योजना अघि बढाइने उल्लेख गरेको छ । वातावरणमैत्री विकास नहुँदा प्राकृतिक प्रकोपमा घटनाहरु बढ्ने र यसले धनजनको क्षति गर्न थालेपछि पछिल्लो समय राजनीतिक दलका नेताहरु सचेत हुन थालेका छन् ।शनिबार सार्वजनिक नेपाली कांग्रेसको घोषणापत्रमा पनि वन तथा वातावरण संरक्षणको मुद्दालाई प्राथमिकता […]

बौद्ध स्तुपामा वातावरणमैत्री लुङ्गटा

बौद्ध स्तुपा गुम्बाहरूमा नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका लुङ्गटा प्रयोग हुदै आएको छ । बौद्धनाथबाट वातावरणमैत्री मैत्री लुङ्गटा प्रयोग गर्ने कार्यको सुरुवात भएको छ ।

नेपालमा वातावरणमैत्री ईट्टा उत्पादन

काठमाडौं । गोर्खाको पालुङटारमा नेपालमै पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीमा पोलेको ईट्टा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नीबीना नयाँ प्रविधिमार्फत इन्नोसीएसआरले उच्च प्रविधिको […]

वातावरणमैत्री इँटा उद्योगमा उद्योगीको आकर्षण बढ्दै

पछिल्लो समय वातावरणमैत्री उद्योगमा लगानीकर्ताको आकर्षण बढ्दै जान थालेको छ । लगानी पनि सस्तो हुने र धुँवारहित तथा ध्वनि कम हुने, कम क्षेत्रफलमा उद्योग सञ्चालन गर्न सकिने भएपछि इँटा बनाउनका लागि वातावरणमैत्री ‘गुड ब्रिक्स सिस्टम’ अपनाउन थालिएको हो ।पछिल्लो समय वातावरणीय प्रदूषणका कारण मानवीय स्वास्थ्यमा नकरात्मक असर पर्नुका साथै वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढ्न […]

बौद्धनाथ स्तुपामा वातावरणमैत्री झण्डा फरफराइँदै

विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा वातावरणमैत्री झण्डा फरफराइने भएको छ । आगामी शनिबार प्लास्टिक, नाइलनयुक्त झण्डाहरूलाई प्रतिस्थापन गरेर वातावरणमैत्री झण्डा फरफराइने उत्पला क्राफ्टले जनाएको हो ।

वातावरणमैत्री सेनिटरी प्याड

नेपाल सीआरएस कम्पनीले पहिलो पटक डडेल्धुरामा ‘फ्रिडम’ ब्रान्ड नामबाट वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा सेनिटरी प्याडको शुभारम्भ गरिएको हो ।अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वल्र्ड २०१५ इभाना मानन्धरलगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड […]

वातावरणमैत्री स्थानीय शासन ल्याइँदै

काठमाडौं, साउन १२ । सरकारले सबै नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनमा ल्याउन लागेको छ । वातावरणमैत्री समाज सिर्जना गरी स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै चरणबद्ध रूपमा सबै नगरपालिका, गाउँपालिका, वडा, बस्ती र घरपरिवारमा वातावरणमैत्री स्थानीय शासन कार्यान्वयन गर्न लागिएको हो । यससम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा […]