कोरिया रोजगारी : खुल्यो भाषा परीक्षा, रोकिएकालाई ६ महिनाभित्र पठाइसक्ने

काठमाडौं :  सरकारले कोरोनाका कारण करिब २ वर्षदेखि रोकिएको दक्षिण कोरिया (इपिएस) रोजगारीका लागि भाषा परीक्षा लिने भएको छ। वैदेशिक रोजगार विभागले सोमबार सूचना निकालेर सन् २०२२ का लागि ९ हजार ६ सय ५४ जना छनोट गर्न भाषा परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको छ।  कोरियाले नेपाली कामदार माग गरेसँगै पुनः भाषा परीक्षा लिने तयारी गरेको जानकारी वैदेशिक रोजगार विभाग इपिएस शाखा प्रमुख पुष्पराज कटुवालले दिए। शाखाका अनुसार परीक्षा २६ वैशाखदेखि २१ असोजसम्म चरणबद्ध रुपमा हुनेछ।कोरिया र नेपालबी

सम्बन्धित सामग्री

७ फागुनदेखि उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा

२ फागुन, काठमाडौं । आगामी ७ फागुनदेखि रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तरगत कोरियाली भाषा परीक्षा सुरु हुने भएको छ । एक सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फ जाने श्रमिकहरुको कोरियन भाषा परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा हुनुभन्दा एक दिनअघि ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा परीक्षार्थीले बायोमेट्रिक (फिंगरप्रिन्ट) दर्ता गर्नुपर्नेछ । रजिष्ट्रेसन नम्बरको आधारमा […]

कोरिया जाने श्रमिक भाषा परीक्षा केन्द्रको अनुगमन

काठमाडौं : श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन्। उनले मंगलबार दिउँसो ललितपुरको भैँसेपाटीस्थित परीक्षा केन्द्रको अनुगमन गरेका हुन्।मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमबारे जानकारी लिएका थिए। रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभागअन्तर्गत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिँदै आएको छ।

कोरियन भाषा परीक्षा मिति र केन्द्र तोकियो

काठमाण्डौ – कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो १९ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानका लागि आवेदन दिएकाहरूको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ गते तीन सिफ्टमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।  शाखाले परीक्षा केन्द्र ललितपुरको भैसेपाटीमा रहेको सीबीटी भवन तोकेको छ । परीक्षा बिहान १० बजे, ११ बजेर ३० मिनेट र २ दिउँसोको २ बजे हुनेछ छ । परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन तथा अभिमुखीकरणको समय परीक्षा हुनुभन्दा अघिल्लो दिन ...

यसकारण रोकियो कोरिया भाषा परीक्षा

काठमाडौं : करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा फेरि तोकिएको समयमा नहुने भएको छ। सरकारले ३० वैशाखमा निर्वाचनको मिति तोकेकाले भाषा परीक्षा स्थगित गरिएको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ। यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुने र दोस्रो चरण जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको थियो।  निर्वाचन सकिएपछि मात्र परिक्षा लिने तयारी भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृ

दक्षिण कोरिया भाषा परीक्षा ईपीएस वैशाखबाट सुरु हुने

काठमाडौँ– दक्षिण कोरिया जान चाहनेहरूका लागि भाषा परीक्षा लिने तयारी सुरु भएको छ । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरिया जानका लागि इम्प्लोयमेन्ट परमिट सिष्टम (ईपीएस) परीक्षा वैशाख २६ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीका कारण केही वर्षदेखि रोकिएको परीक्षा विभिन्न चरणमा गरी असोज २१ गतेसम्म चल्ने पनि विभागको ईपीएस शाखाले जनाएको छ […]

कोरिया भाषा परीक्षा पुस १ गतेदेखि हुने

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ । बिशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने बैदेशिक रोजगार बिभाग ईपीएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन […]

पुनः कोरिया जान पुस १ देखि ७ गतेसम्म भाषा परीक्षा

काठमाडौं, २९ कात्तिक । कोरियाबाट रोजगारी गरी फर्केकाहरुले पुनः कोरिया जानको लागि भाषा परीक्षा दिन पाउने भएका छन् । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाबाट काम गरी वैधानिक तरिकाले फर्केका श्रमिकलाई पुनः कामदारको रुपमा पठाउन भाषा परीक्षा हुन लागेको हो । इच्छुक व्यक्तिहरुलाई मंसिर ६ गतेदेखि ८ गतेसम्म अनलाइन आवेदन फारम भर्न समेत ईपिएस कोरिया […]

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबारको बैठकले ईपीएसमार्फत भाषा परीक्षा उत्तीर्ण गरी बसेकालाई तत्काल दक्षिण कोरिया […] The post कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘भाषा परीक्षा उत्तीर्ण भएर रोकिएका युवा कोरिया जान पाउँछन्’

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरुलाई लैजान आफ्नो देश गम्भीर रहेको जनाएका छन् ।  अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएका हुन् । बुधवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।   जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए ।  नेपालीहरुको म

भाषा परीक्षा पास गरी कोरिया जाने पर्खाइमा ७४ सय, कहिले खुल्छ ठेगान छैन

काठमाडौं। इपीएस परीक्षा पास गरी ७ हजार ४ सय नेपाली कामदार दक्षिण कोरिया जाने पर्खाइमा छन्।कोरोना महामारीका कारण कोरियाले नेपाली कामदार लैजान रोकेको छ । वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाकाअनुसार भाषा परीक्षा पास गर्नेमध्ये तीन हजार जना कोरियामा काम गरेर फर्केकाहरु छन्। अझै ५ हजार ५ सय जना भाषा परीक्षा पास गरेर ‘लेवर कन्ट्राक्ट’को पर्खाइमा रहेको शाखाले जनायो।