नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसिरहेको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, संगठनात्मक विषय, सरकारको प्रभावकारी सञ्चालनका विषयमा छलफल भइरहेको बताइएको छ ।
सरकारमा माओवादीका तर्फबाट कसको नाम पठाउने भन्ने विषयमा पनि छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेपछि चाँडै मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् । तर, सत्ता गठबन्धनका दलहरूले मन्त्रीको नाम पठाएका छैनन् । अहिले पाँच सदस्यीय मन्त्रिमण्डल छ ।