आजै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट आजै विश्वासको मत लिने तयारी गरेका छन् । प्रतिनिधि सभा अधिवेशन शुरू भएकै दिन विश्वासको मत लिने तयारी गरेको देउवा निकट स्रोतले जानकारी दियो । कार्यव्यवस्था समितिको बैठकबाट निर्णय गरेर आजै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने स्रोतको दाबी छ । सरकारको सिफारिश र राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा प्रतिनिधि सभा बैठक अपराह्न ४ बजे बस्दैछ । गत असार २८ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित सामग्री

जब प्रचण्ड ओली र देउवा एकसाथ विश्वासको मत दिन उभिए

रोचक त के थियो भने  विश्वासको मत दिने समयमा प्रधानामन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा  मुस्कुराउँदै एकले अर्कोलाई हातको इसाराले विश्वसको मत दिने कक्षमा सँगै जान बोलाइरहेका थिए ।

विश्वासको मत माग्दै प्रचण्ड पुगे देउवा निवास

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास धुम्बारही पुगेका हुन्।  कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्नेबारे निर्णय लिन भोलि बिहान ९ बजे संसदीय दलको बैठक डाकेको छ। प्रचण्डले मंगलबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

विश्वासको मत पाएपछि अभिवादन गर्दै संसद भवनबाट बाहिरिए देउवा

प्रतिनिधिसभाबाट विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । उनले संवाददाताहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् । खचाखच सञ्चारकर्मीले भरिएको संसद भवन परिसरबाट अभिवादन गर्दै उनी बालुवाटारतिर लागेका थिए । देउवाले प्रतिनिधिसभाबाट १६५ सांसदको विश्वासको मत पाएका छन् भने उनको विपक्षमा मात्र ८३ मत प्राप्त भयो । यस्तै तटस्थ बस्ने १ जना रहे । देउवालाई जसपाको महन्थ ठाकुर पक्षका साथै एमालेको ओली पक्षकै केही सांसद र माधव नेपाल पक्षका सांसदले समेत भोट हालेका थिए ।

देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरुको सहयोगले उनले विश्वासको मत पाएका हुन्। मतदानमा २४९ सांसद सहभागी भएकोमा प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ। एक सांसद तटस्थ बसेका थिए। सर्वोच्च अदालतको असार २८ को परमादेशअनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। नियुक्त […]

विश्वासको मत लिँदै प्रधानमन्त्री देउवा, मत विभाजनको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिन लागेका हुन्।

देउवालाई विश्वासको मत दिन तयारी (फोटो फिचर)

काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनका लागि संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ।देउवा प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा रहनुहुन्न - एमाले

काठमाण्डाै – नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताउनुभएको हो ।उहाँले भन्नुभयो – ‘नेकपा(एमाले) को संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती ...

देउवालाई विश्वासको मत नदिने ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ – माधवकुमार नेपाल पक्ष अनुपस्थित नेकपा एमाले स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा ओलीले देउवा सरकारलाई विश्वासको मत दिन नहुने र सशक्त प्रतिपक्षको भूमिका खेल्नु पर्ने प्रस्ताव गरेका थिए। बैठकले ओलीको प्रस्ताव स्वीकार गर्दै देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय […]

विश्वासको मत पुर्‍याउन देउवाको दौडधुप

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तीव्र तयारी गरेका छन्। देउवाले बुधबार एमाले नेता माधवकुमार नेपाललाई उनकै निवासमा भेट गरेका छन्। नेपाल र जसपाबाट समर्थन लिएर देउवा विश्वासको मत लिने योजनामा छन्। जसपा विभाजित अवस्थामा भएपनि उपेन्द्र यादव र डा.बाबुराम भट्टराई देउवा सरकारको पक्षमा छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको […]