निजामती कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप

निजामती कर्मचारीहरूले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।  सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई क

सम्बन्धित सामग्री

लोक तथा दोहोरी प्रतिष्ठानको पहलमा कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले कोभिड-१९ विरुद्धको खोप सञ्चालन गरेको छ। आज सोमवारदेखि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा कलाकारहरुले पहिलो चरणको खोप लगाएका छन्। कोरोनाविरुद्धको खोप लगाउन लोक दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए। गायक खुमन अधिकारी, शिव हमाल, राजु ढकाल, देवी घर्ती लगायतका कलाकारहरुले…

स्वास्थ्य मन्त्रालयले भन्यो- खोप प्रमाणीकरण निःशुल्क गर्नू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ ।  केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले त्यस किसिमको कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।  खोप लगाएको प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले अनुमति पाएका छन् ।  पहिले शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । प्रमाणीकरणका लागि भीड बढेप...

काठमाडौं महानगरपालिकाले तोक्यो भेरोसेलको दोस्रो डोज लगाउन १२ स्थान

काडमाडौं।काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउन १२ स्थान तोकेको छ।गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई महानगरले आजदेखि असार २४ गतेसम्म दोस्रो डोज लगाउन १२ स्थान तोकेको हो। वीर–अस्पताल, शिक्षण अस्पताल,निजामती कर्मचारी अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालसहित १२ स्माथानमा खोप लगाइनेछ।

सांसद र संसद सचिवालयका कर्मचारीसहित ४८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

संघीय संसदका सांसद तथा कर्मचारीका लागि निजामती कर्मचारी अस्पतालमा बुधबारदेखि सुरु भएको खोप कार्यक्रममा ४८२ जनाले खोप लगाएका हुन्।

सांसद र संसद सचिवालयका कर्मचारीसहित ४८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

संघीय संसदका सांसद तथा कर्मचारीका लागि निजामती कर्मचारी अस्पतालमा बुधबारदेखि सुरु भएको खोप कार्यक्रममा ४८२ जनाले खोप लगाएका हुन्।

पत्रकारले यसरी लगाउँदैछन् कोरोनाविरुद्धको खोप (फोटो फिचर)

काठमाडौं : कोरोनाविरुद्धको खोप आजदेखि अग्रपंक्तिमा खट्ने पत्रकारहरुलाई प्रदान गरिएको छ। बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप दिन सुरु गरिएको हो।भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा एम्बुलेन्स चालकलाई उपलब्ध गराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पत्रकारलाई उपलब्ध गराएका हो।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि पाँच दिनसम्म पत्रकारलाई यो खोप दिइने जानकारी दिए। खोप लगाउन

भोलिदेखि सञ्चारकर्मीलाई खोप लगाउने निर्णय

सरकारले सञ्चारकर्मीलाई सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलिबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिए । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालम...