कार्यकर्ताको हुटिङले केहीबेर रोकियो ओलीको भाषण

प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले दरबारमार्गमा आयोजित सभामा गरिरहेको भाषण कार्यकर्ताको हुटिङका कारण केहीबेर रोकिएको छ । ओलीले भाषण गर्दै गर्दा कार्यकर्ताहरूले ओलीको पक्षमा हुटिङ गरेपछि केहीबेर रोकिएको हो । भीड शान्त नभएपछि ओलीले शान्त रहन आग्रह नै गर्नुपरेको थियो । 'साथीहरू केहीबेर शान्त रहनुस्, मैले केही कुरा मात्र राख्न बाँकी छ...' ओलीले भनेका थिए । त्यसपछि हुटिङ केही मत्थर भयो अनि ओलीले भाषण अगाडि बढाए ।  

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश: राज्यमन्त्री वलीका कारण बजेट भाषण केही बेर रोकियो

बजेट प्रस्तुत गर्न आज ४ बजेकालागि बोलाइएको प्रदेश सभा बैठकमा सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले महिला तथा बालबालिकामाथि र्दुव्यवहार गरेको घटनाका सम्बन्धमा सरकारको धारणा स्पष्ट नआउँदासम्म बैठक चल्न नदिने बताएका हुन्।...