भागरथीका बलात्कारीलाई कारवाही गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । घटनाको विरोध गर्दै नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसले विरोध प्रदर्शन गरेको हो । नेविसंघले घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरेको नेता सुशील भट्टले जानकारी दिए ।

सम्बन्धित सामग्री

के हामी न्यायका लागि पुष्पा जस्तै आत्मदाह गर्नुपर्ने हो ? : बिनु यादव

काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुद्दा नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन्। उनले आफ्ना मागहरु अझै सुनुवाई नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन्।

न्यायाधीश भुवन गिरीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरिएको छ। मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेकी हुन्। न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरेकी हुन्।

वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीलाई कारवाही गर्न माग

नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ ।

भीम विश्वकर्माका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै जसपाको विरोध प्रदर्शन

चितवनका भीम विश्वकर्माका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौंमा विरोध जुलुस गरेको छ ।  माइतीघर मण्डलमा भएको जुलुसमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायतको सहभागिता थियो ।  जातीय विभेद गरी मारिएको भन्दै विश्वकर्मामा हत्यारालाई हदैसम्मको कारवाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेद अन्त्य हुनपर्ने माग गरिएको छ ।  गत असोज २८ गते चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भ...

कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस

जनकपुरधाम- खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहालाई दुर्व्यहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताहरूले सोमवार दिउँसो १ बजे जनकपुरमा मोटरसाइकल जुलुशसहित नगर परिक्रमा गरेका छन् । ‘पक्राउ परेका कार्यकर्तालाई रिहा गर,’ भष्ट्रचारीलाई कारवाही […]

एमसीसीविरुद्ध राप्रपाको विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ। राप्रपा जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा बुधबार बबरमहलमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको हो। प्रदर्शनीमा सहभागीहरुले एमसीसी खारेज गर्न माग गरेका छन्। उनीहरुले बढ्दो मंहगी नियन्त्ररण गर, भ्रष्टाचारीलाई कारवाही गर भन्दै विरोध जनाएका छन्।

एसएसबीले तुइन काटेको घटनाको छानबिन गर्न माग गर्दै प्रदर्शन

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गरी दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।  अखिल क्रान्तिकारीले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको वास्तविकता छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको हो ।  पटक–पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुर्व्यवहार गरेकाले भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्...

भागरथीको न्यायका लागि नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आइतबार बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि -याली तथा कोणसभा गरेको हो ।कोणसभामा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई […]

भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले प्रदर्शन गर्ने

काठमाडौं । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी बैतडीकी किशोरी भागरथी भट्टका लागि न्याय माग्दै अखिल (छैठौं) ले विरोध प्रदर्शन सुरु गरेको छ । ‘बलात्कारी हत्यारा’ लाई कारबाही गर्न दबाव दिन अखिल (छैठौं) ले राजधानीसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न लागेको हो । आइतबार दिउँसो तीन बजे काठमाडौंको माइतीघरमण्डलामा विरोध प्रदर्शन गरिने अखिल (छैठौं) का सचिव सुवाश जिसीले जानकारी दिनुभयो । यस्तै, बुटवल, प्युठानलगायतका स्थानमा पनि प्रदर्शनको तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदर्शनका क्रममा अखिल (छैठौं) ले भागरथी भट्टको फोटोसहित ‘बलात्कारी हत्यारालाई कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्नेछ भने बलात्कार, हत्या र सरकारी उदासिनताबिरुद्ध नारा लगाउनेछ । देशैभरी जहाँ जसरी सम्भव हुन्छ, बलात्कारीलाई कारबाहीका लागि दबाब दिने अखिल (छैठौं) ले जनाएको छ । घरबाट विद्यालय जान हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको घर नजिकै जंगलमा शंकास्पद अवस्थामा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । यो पनि :  ‘बलात्कारी, हत्यारा’लाई कारवाही गर्न अखिल (छैठौं) को माग बैतडीकी भागरथीलाई न्याय दिलाउन राजमोको माग