गणक घरदैलो पुग्दा गाउँ रित्तै

चिसो बढेपछि उपल्लो मुस्ताङका स्थानीय बेंसी झरिसकेका छन् । गाउँमा कुरुवा, असक्त र वृद्धवृद्धा मात्रै छन् । स्थानीय चिसो छल्न बेंसी झरेपछि राष्ट्रिय जनगणनाका लागि गाउँ पुगेका गणकहरूलाई घरपरिवारको संख्याबाहेक अन्य विवरण लिन समस्या भएको छ । जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म चल्नेछ ।