तालिबानद्वारा अफगानिस्तानमा कामचलाउ सरकार घोषणा, मोहम्मद हसन अन्तरिम प्रधानमन्त्री

तालिबानले अफगानिस्तानमा कामचलाउ सरकार निर्माण गरेको छ । आफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरिएको हो । अस्थायी नेतृत्वमा अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मोहम्मद हसन अखुन्द र उपप्रधानमन्त्रीमा अब्दुल गनी बरादर रहेका छन् । तालिवानले छिट्टै स्थायी सरकारको घोषणा गर्ने जनाएको छ । बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्तिवार्तामा सहभागी हुँदै आएका थिए। मन्त्रिपरिषद्‌ […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा तालिबानको कामचलाउ सरकारले पाँच पत्रकारलाई गिरफ्तार गर्यो

कामचलाउ सरकार गठन गरेको एक दिन नबित्दै तालिबानले काबुलबाट प्रकाशित हुने एक पत्रिकाका पाँच जना पत्रकारलाई गिरफ्तार गरेको छ । काबुलबाट प्रकाशित हुने एतिलात्रोज पत्रिकाका पाँच जना पत्रकारलाई नियन्त्रणमा लिइएको एएनआईले उल्लेख गरेको छ । पत्रकारलाई नियन्त्रणमा लिइएको सम्बन्धी जानकारी पत्रिकाका प्रधान सम्पादक जाकी डरयाबीले साझा गर्नुभएको छ । टोलो न्यूजले प्रधानमन्त्री सम्पादकको भनाई उद्धृत गर्दै उक्त जानकारी ट्वीटरमा साझा गरेको छ । यसअघि तालिबानले अन्तर्राष्ट्रिय संघ संगठन समक्ष सञ्चारकर्मीको अधिकार र अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वाचा गरेको थियो ।

अब पाँच सदस्यीय मन्त्रिपरिषद् : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् - मन्त्रिपरिषद्

मन्त्रीको बायोडाटा : के–के छन् योग्यता ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै कामचलाउ सरकार २५ सदस्यीय बनेको छ ।ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मा पाएका छन् । बादलपत्नी नैनकला थापा सञ्चार मन्त्री बनेकी छिन् । त्यस्तै नारदमुनि राना वन, मोहन बाँनिया विना विभागीय, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश

अध्यादेशमार्फत १५ जेठमै बजेट ?

भगवान खनाल/सुमित सुवेदीप्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट प्रभावित भइसकेको छ । पूर्वबजेट छलफल गर्ने समय कटाएर सरकारले प्रतिनिधिसभा भंग ग-यो । त्यसैले कामचलाउ सरकार हाँकिरहेका प्रधानमन्त्री ओलीले पूर्ण र लोकप्रिय बजेट ल्याउन नपाउने टिप्पणीसँगै अध्यादेशमार्फत जेठ १५ गते नै ल्याउनुपर्छ कि पर्दैन भन्ने बहश पनि सुरु भएको […]

विश्वासको मत पाउन असफल : प्रधानमन्त्री ओली कामचलाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास गुमाउनु भएको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । सरकार निर्माण सम्बन्धमा अन्योल कायम रहे पनि सोमबारको मतदानले राजनीतिक निकास खोल्ने अपेक्षा गरिएको छ । सोमवार प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावको पक्षमा ९३ मत मात्रै परेकाले उहाँको सरकार कामचलाउमा परिणत भएको हो । प्रधानमन्त्रीका रूपमा निरन्तरताका लागि ओलीलाई प्रतिनिधि सभामा कायम कुल २७१ सांसदको बहुमत अर्थात् १३६ मत आवश्यक थियो । २३२ जना सांसद उपस्थित प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको प्रस्तावको विपक्षमा १२४ मत प¥यो भने १५ जना सांसदले पक्ष वा विपक्षमा मतदान गरेनन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले विपक्षमा मतदान गरे । त्यस्तै, जसपाकै अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद तटस्थ बसे । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद बैठकमा सहभागी भएनन् । माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को प्रावधानअनुसार विश्वासको मत लिएका थिए । ओली नेकपा (माओवादी केन्द्र) को समर्थनमा ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । आम निर्वाचनबाट बहुमत प्राप्त नेकपाको संसदीय दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री हुनुभएको थियो । तर, सोमवार उहाँले प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्नुभएन । प्रधानमन्त्री ओली पदमुक्त भए पनि नयाँ प्रधानमन्त्री नियुक्त नहोउन्जेल ओलीले नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सभाको अर्काे बैठक ३० वैशाख दिउँसो १ बजेका लागि बोलाउनुभयो । तर, सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन नै अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिश गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । नेकपाको माधव नेपाल समूहको आगामी रणनीति केहो भन्ने स्पष्ट छैन । त्यसैले नयाँ सरकार कस्तो बन्छ वा यही सरकारले निरन्तरता पाइरहन्छ भन्ने अन्योल कायमै छ । संसद्मा आरोप–प्रत्यारोप प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमाथि छलफलका क्रममा सोमवार दलहरूबीच आरोपप्रत्यारोप चल्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था समाप्त गरेको आरोप लगाए । संसद् पुनःस्थापना भएपछि राजीनामा दिनुपर्नेमा अटेर गरेको भन्दै देउवाले ओलीको चर्को आलोचना गरे । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि प्रतिनिधिसभासमक्ष विश्वासको मत माग्ने नैतिक अधिकार ओलीले गुमाएको भन्दै आक्रोश पोखे । प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएको हुन सक्ने उनको आशंका थियो । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बजेट र योजना विनाको शिलान्यास गरेर ओली सरकारले गलत काम गरेको बताए । उनले भने, ‘आयोजनाको डिजाइन पनि छैन, बजेट पनि छैन, हतार÷हतार शिलान्यास गरेको छ, बजेट र योजनाविनाको शिलान्यासलाई विकास भनिँदैन प्रधानमन्त्रीजी ।,’ संसद्मा बोल्ने अन्य दलले समेत ओली सरकारको चर्को आलोचना गरेका थिए तर प्रधानमन्त्री ओलीले भने आप्mनो सरकारको रक्षा गर्नुभयो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान काठमाडौं (अस) । वर्तमान सरकार कामचलाउ बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सोमवार विज्ञप्ति जारी गर्दै उहाँले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले केशवप्रसाद घिमिरेले जानकारी दिए ।

तहसनहस हुँदै यमन

पश्चिम एसियाली मुलुक यमन राजनीतिक र भौतिक रूपमा ध्वस्त भएको छ । त्यहाँको प्रमुख शक्ति हुथी विद्रोहीद्वारा केन्द्रीय सत्ता कब्जा, विदेशीले बनाइदिएको कामचलाउ सरकार र विदेशी सैन्य गठबन्धनको निरन्तर आक्रमणका कारण यो मुलुक इतिहासकै सबैभन्दा कठिन मोडमा पुगेको छ । चरम भोकमरीले बालबालिका मरिरहेका छन् । कुपोषण, हैजा, कोरोना महामारीले जनजीवन अस्तव्यस्त छ । केन्द्रीय सत्ता विद्रोहीको हातमा छ । राजधानी साना उसकै नियन्त्रणमा छ । सानाबाट भागेर सीमाक्षेत्र एडेनमा पुगेको पराजित सरकार विदेशीको कठपुतली बनेको छ । उसको हैसियत केही पनि छैन । एक किसिमको शरणार्थीजस्तै छ, यो सरकार । आफैँ टिक्न नसकेको यस्तो सरकारबाट जनताले के आस गर्ने ? साउदी नेतृत्वको गठबन्धन सेनाको सहयोगमा एडेनमा शरणार्थी बनेको यो सरकारमाथि पनि हुथी विद्रोहीले बेलाबखत क्षेप्यास्त्र आक्रमण गरी भय र त्रास सिर्जना गर्ने, क्षति पु¥याउँदै आएको छ । हुथी विद्रोहीलाई इरानको सहयोग छ । एडेन सरकारलाई साउदी गठबन्धनले सघाइरहेको छ । हुथी विद्रोहीले एडेनलाई आक्रमणको निशाना बनाउँछ भने साउदी गठबन्धनले सानालाई । यो हिंसात्मक द्वन्द्व तत्काल अन्त्य हुने सम्भावना देखिएको छैन । जसले गर्दा यमनी जनताको भविष्य अन्योलग्रस्त बनेको छ । इतिहासमै सबैभन्दा बढी पीडाबोध गरेका यमनीहरूका अगाडि तत्काल मुलुकको समस्या समाधानको भरपर्दो विकल्प देखिएको छैन । जसले गर्दा यमनको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । गत बुधबार दक्षिणी एडेन सहरस्थित विमानस्थलमा हुथी विद्रोहीले प्रधानमन्त्री र मन्त्रीहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरे । संयोगवश प्रधानमन्त्री र मन्त्रीहरूको ज्यान जोगिए पनि अन्य २२ जना मारिए । घटनामा ५० जनाभन्दा बढी घाइते भए । युद्धका कारण विभाजित यमनमा हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै दुईवटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयकाे एउटा निर्णय, जाे एक महिना लुकाइयाे

काठमाडौं । मुलुकका लागि जीवन उत्थ्सर्ग गरेका व्यक्तिहरूलाई अवमूल्यन गर्दै सरकारले आफूखुशी शहीद घोषणा गर्न थालेको छ। कामचलाउ सरकार कुर्सी छोड्नुअघि मन्त्रीको गोजीबाट नाम...