लन्डन आइपुगे नवनियुक्त राजदूत आचार्य

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य  बुधबार बिहान लन्डन आइपुगेका छन् । कतार एयरको उडानमार्फत् बुधबार बिहान ७.५५ मा लन्डनको हिथ्रो विमानस्थल टर्मिनल ५ मा उत्रिएका राजदूत आचार्यलाई कार्यवाहक राजदूतको जिम्मेवारी समेत सम्हालेकी उपनियोग प्रमुख रोशन खनाल, बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले भिआइपी लाउन्जमा स्वागत गरे ।आचार्यले आज  नै बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्

सम्बन्धित सामग्री

नवनियुक्त राजदूत आचार्यले बुधबारबाट पदभार सम्हाल्ने

बेलायतका लागि २२ औं राजदूतको रुपमा भर्खरै मात्र नियुक्त भएका राजदूत ज्ञानचन्द्र आचार्य बुधबार लन्डन आइपुग्ने भएका छन् । लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार राजदूत आचार्य कतार एयरवेजको उडानबाट मंगलबार साँझ काठमाडौँबाट उडेर बुधबार बिहान लन्डन आइपुग्ने तालिका रहेको छ । राजदूत आचार्यले बुधबारबाट नै आफ्नो पदभार सम्हाल्ने छन् ।गतवर्षको अक्टुबर २४ मा तत्कालीन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएपछि नेपाली दूतावास लन्डन राजदूतविहीन बनेको थियो । हाल कार्यबाहक राजदूतको रुपमा काउन्सेलर तथा उपनियोग प्रम