इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीको हत्याका लागि शनिवार राति प्रयास गरिएको छ ।
उनको निवासमा बमहरू जडान गरिएको ड्रोन आक्रमण गरिएको भए पनि उनी बाँचेका छन् । प्रधानमन्त्री कार्यालयले बयान जारी गरेर यसको पुष्टि गरेको छ ।
प्रधानमन्त्रीले ट्वीट गरी बताए, ‘यस्ता आक्रमणले हाम्रो हिम्मत मार्न सक्दैनन् । हाम्रो सुरक्षाबलको साहसलाई यसले डगमगाउँदैन किनकि उनीहरू मानिसको सुरक्षा, न्याय र कानून लागू गराउन तत्पर छन् । इराकका लागि सबैजना शान्त हुनुस् ।’
रोयटर्सका अनुसार, सरकारी भवन र विदेशी दूतावासहरू रहेक...