पोखरा : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको पाँचौं चरणको खेल भोलि पोखरा रंगशालामा हुँदैछ। पोखरामा पहिलोपटक हुन लागेको खेलमा भोलि विभागीय टिम नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्।
भोलिको खेलअघि शुक्रवार अखिल नेपाल फुटबल संघले आयोजना गरेको प्रि-म्याच कन्फ्रेन्समा दुबै टिम उत्कृष्ट नतिजा आउनेमा विश्वस्त सुनिन्छन्।…