अब उपभोक्ता समितिमार्फत हुने निर्माणमा कसिलो मापदण्ड

महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले देखाउँछ– सहरी विकास तथा भवन निर्माण विभागले उपत्यकाका ९९ उपभोक्ता समितिमार्फत मन्दिर, उद्यान, नाला निर्माणमा २० करोड ६४ लाख ९६ हजार खर्च गर्‍यो । सघन सहरी तथा भवन निर्माण आयोजना पर्साले गत आर्थिक वर्षमा ७ उपभोक्ता समितिमार्फत निर्माणको काम गराई २ करोड ८१ लाख रुपैयाँ भुक्तानी दियो ।

सम्बन्धित सामग्री

पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२७ चैत, काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भएको छ । थोपा सिंचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा …

श्रम सहकारीलाई ५ करोडको ठेक्का : मिलेमतोको अर्को धन्दा

सरकारले गाउँ–ठाउँका ससाना विकास कार्यहरू उपभोक्ता समितिमार्फत गराउनुको सैद्धान्तिक अवधारणा आफैंमा सुन्दर छ । विकास–निर्माणमा लाभग्राहीहरू स्वयंलाई सहभागी गराउँदा सम्बन्धित योजनामा उनीहरूको अपनत्व वृद्धि हुन्छ । यसमा स्थानीय स्रोत, साधन र सीपको प्रयोग हुन्छ, जसबाट निश्चित अवधिका लागि स्थानीय स्तरमै आयआर्जनको ढोकासमेत खुल्छ । यसको अर्को राम्रो पक्ष, उपभोक्ताहरू स्वयम् नै उक्त विकास कार्यप्रति जवाफदेह हुन्छन् ।

कार्यकर्ता रिझाउन श्रम सहकारीमार्फत ५ करोडका ठेक्का

चुनाव नजिकिँदै गर्दा सरकारले कार्यकर्ता रिझाउने गरी खरिद नियमावली संशोधन गरेको छ । चुनावलाई लक्ष्य गर्दै सरकारले उपभोक्ता समितिमार्फत हुँदै आएको एक करोडको ठेक्कालाई बढाएर ५ करोड बनाएको हो । अर्थमन्त्री जनार्दन शर्माले गत भदौमा ल्याएको बजेट प्रतिस्थापन विधेयकमा श्रम सहकारीले सार्वजनिक निर्माणमा आपसी प्रतिस्पर्धामार्फत सहभागी हुन पाउने उल्लेख गरिएको थियो । यससँगै खरिद नियमावली ११औं संशोधनमा उक्त प्रावधान समेटिएको हो ।

बाराहीस्थानको हनुमान पाटी उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण भएको भक्तपुर नपा–३ बाराहीस्थानको हनुमान (भुजू) पाटी मंगलबार एक समारोहबीच रिबन काटेर उद्घाटन गरे ।कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचनाहरु इस्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने बताउँदै भक्तपुर नपाले युगसुहाउँदो समाज निर्माणमा जोड दिइरहेको बताए ।भक्तपुरको रानीपोखरी हालै उद्घाटन भइसकेको र सर्वसाधारणको […]

निर्माणमा उपभोक्ता समितिको विकृति

विकासे कार्यालयका अधिकारीहरू पनि आयोजना ठेक्कामा लगाएर काम गर्नु भन्दा उपभोक्ता समितिमार्फत काम गराउन रुचि राख्छन्। ठेक्का लगाएर आयोजनाको काम गराउनु भन्दा समितिमार्फत काम गराउँदा कर्मचारीलाई आर्थिक लाभ बढी हुन्छ।...

उपभोक्ता समिति र जनप्रतिनिधिको मिलेमतो : जता पनि डोजर, करोडौंको चलखेल

स्थानीय तहमा जनप्रतिनिधिकै संलग्नतामा चरम भ्रष्टाचार भैरहेको पाइएको छ । स्थानीय विकास निर्माणमा उपभोक्ता समिति गठन गरेर उपभोक्ता समितिमार्फत विकास निर्माण गर्नुपर्ने भए पनि जनप्रतिनिधिले आफ्नै डोजर परिचालन गरेर पैसा कुम्ल्याएको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले गरेको अध्ययनले स्थानीय तहमा यसरी फैलिँदै गएको बेथिती बेल...