निषेधाज्ञामा डिजिटल कारोबार : भुक्तानी रकममा वृद्धि

असार ३१, काठमाडौं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोबार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महीनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोबार रकममा वृद्धि भएको हो ।             राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महीनाको तुलनामा जेठमा क्यूआर स्क्यान, मोबाइल वालेट र ई–कमर्समार्फत हुने कारोबार रकममा कमी आएको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आईपीएसमार्फत १ अर्ब ६९ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जेठमा १ खर्ब ५८ अर्ब २५ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार भएकामा वैशाखमा १ खर्ब ४१ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।             इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा ११ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार छ । गत वैशाखको तुलनामा जेठमा १ अर्ब ६२ करोड  रुपैयाँभन्दा  बढीको कारोबार भएको छ । मोबाइल बैंकिङमार्फत गत वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा  ५३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत ४ अर्ब २७ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।            घट्यो वालेटको कारोवार             वालेटमार्फत गत वैशाखमा १० अर्ब १० लाख  रुपैयाँ बराबरको कारोवार भएकामा जेठमा ८ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाख महीनाको तुलनामा जेठमा मात्र १ अर्ब ७५ करोड ३० लाख रुपैयाँले कारोबारमा कमी आएकोे हो । यस्तै गत वैशाखको तुलनामा जेठमा क्यूआरमा आधारित भुक्तानीमार्फत हुने कारोबारमा ५६ करोड १० लाख रुपैयाँले कमी आएको छ । वैशाखमा २ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कारोबार भएकामा जेठमा १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको कारोवार भएको छ । यस्तै गत वैशाखको अनलाइन (ई–कमर्स) का माध्यमबाट ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा कारोवार रकममा कमी आई १६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । रासस

सम्बन्धित सामग्री

सर्वाधिक डिजिटल कारोबार गर्नेमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक बनेको छ । भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकका रूपमा आइतवार सम्मान गरेको हो । एक विशेष कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरे । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताए । उनले बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशनतर्फ गएको बताए । बैंकले अन्तरराष्ट्रियस्तरको उन्नत बैंकिङ प्रविधिमा आधारित कोर बैंकिङ सफ्टवेयर भित्त्याउन ‘आईटी इन्हान्स रोडम्याप’अन्तर्गत काम गरिरहेको उनले बताए ।

डिजिटल कारोबार उत्साहजनक

नेपालमा डिजिटल कारोबार र क्युआरकोड भुक्तानी सर्वसाधारणको मुख्य रोजाइ बनिरहेको छ।

ग्लोबल आईएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् । डेबिट तथा क्रेडिट कार्ड बाहकले नेपालभरका पस मेसिनमा एक हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा ३ सय वा ५ वटा कारोबारमा ५ सय रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ । ‘पस मेसिनमार्फतको […]

‘डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबार ‘पारदर्शिताको मेरुदण्ड’ भएको बताएका छन् । शुक्रबार सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्दै गभर्नर अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको बताए । गभर्नर अधिकारीले डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरूवात गरिएको जानकारी दिए । उनका अनुसार क्यूआरबाट […]

विश्वसनीयताको मानक डिजिटल कारोबार : गभर्नर

काठमाडौँ,८ पुष । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको केन्द्रीय बैंकले जनाएको छ । सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र […]

डिजिटल कारोबार विश्वसनीयताको मानक : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबार विश्वसनीयताको मानक भएको बताउँदै डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहनसमेत सबैलाई अनुरोध गर्नुभएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको छ । सो …

डिजिटल कारोबार र भुक्तानी दुवै बढ्यो

अहिले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला-ठूला सपिङमलमा मात्रै होइनन्, सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।...

डिजिटल कारोबार बढेको बढ्यै

चालु आर्थिक वर्षको ९ महिनामा डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबार संख्या अनि भुक्तानीको परिमाण दुवै उल्लेख्य बढेको छ । कोभिड–१९ को महामारीसँगै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गरिहेको छ । चैतमा मात्रै क्यूआर कोडमार्फत करिब ८ लाखपटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । करिब ८ आठ लाख पटक कारोबार हुँदा चैतमा क्यूआर को...