मन्त्रिपरिषद् विस्तारका लागि माधव नेपाल पक्षलाई पर्खिंदै देउवा–प्रचण्ड

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारी समेत गठबन्धन दललाई दिएको छ । यससँगै अब नेपाल पक्ष विनाको सरकार गठन हुने भएको छ । यद्यपि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल पक्षलाई जसरी पनि सर...

सम्बन्धित सामग्री

माधव नेपाल अस्वस्थ भएपछि गठबन्धनको बैठक अनिश्चित

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बाेलाएको सत्तारुढ गठबन्धनको बैठक अनिश्चित भएकाे छ । बालुवाटारमा आज बस्ने बैठकमा कसले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि मात्रै  मन्त्रिपरिषद् विस्तार हुने बताइएकाे थियो । तर माधव नेपाल विरामी परेपछि बैठक नै अनिश्चित भएको हो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बैठक बस्ने भनिए नेपाल बिरामी भएकाले […]

मन्त्रिपरिषद् विस्तारका तीन अड्चन : पुगेन भ्यागुताको धार्नी !

मन्त्रिपरिषद् विस्तारको तयारीमा तत्कालका लागि फेरि ब्रेक लागेको छ । सरकार गठनको ५० दिन कटिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता हुन र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताका लागि सहजता खोज्दाखोज्दै  ५० दिन कटेको छ ।प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीको भारसहित ५० दिन सरकार हाँकिरहेका छन् । जसपाको आधिकारिकता साउन ११ मा टुङ्गिए पनि सरकारमा जान

छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुन्छः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । आज संसदीय दलको बैठक पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको भन्दै अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो । अध्यक्ष नेपालले कोही महाधिवेशन तयारीमा जुट्नु परेको […]

मन्त्रिपरिषद् छिटो भन्दा छिटो विस्तार हुन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।...

माधव नेपाल पक्षको टुंगो लागेपछि सरकारले गति लिन्छ: प्रधानमन्त्री

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूले सरकारको पूर्णताका विषयमा प्रश्न उठाएका छन्। सदस्यहरूले महाधिवेशनको कार्य तालिकाका बारेमा धारणा राख्ने क्रममा सरकारले पूर्णता पाउन भएको ढिलाइबारे पनि जिज्ञासा राखेका थिए। सदस्यहरूको जिज्ञासापछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका थिए। माधव नेपाल पक्षको टुंगो लाग्नसाथ सरकारले पूर्णता पाउने र गति लिने देउवाले बताए।

मन्त्रिपरिषद् विस्तारका लागि माधव पक्षको अन्तिम प्रतीक्षामा गठबन्धन

सत्तारुढ गठबन्धनले एमालेको माधव नेपाल पक्षलाई सोमबार साँझसम्म पर्खेर मन्त्रिपरिषद् विस्तारको काम अघि बढाउने निर्णय गरेको छ । आइतबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले नेपाल पक्षको अनुकूलतालाई हेरेर मन्त्रिपरिषद्लाई पूर्णता नदिए...

माधव नेपाल समूहको केन्द्रीय कमिटी बस्दै, यी हुन् आजका मुख्य एजेन्डा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सघाउँदै आएको एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्न लागेको हो। नेपाल समूहले सरकारमा जाने कि नजाने भन्ने स्पष्ट रोडम्याप नदिँदा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। आजको बैठक…

माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने कांग्रेस नेता यादवको दाबी

काठमाडौँ– नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले माधव नेपाल समूह पनि ढिलो/चाँडो सरकारमा सहभागी हुने पनि दावी गरे । उनले वर्तमान सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको भन्दै प्रधानमन्त्रीले सवैलाई समेटेर अघि बढ्न […]

मन्त्रिपरिषद् विस्तारमा देउवालाई सकसैसकस

पाँच दलीय गठबन्धनमध्येको एउटा घटक एमालेको माधव नेपाल पक्षको अलमल र त्यसैका कारण अन्य दलसँग गर्ने मन्त्रालय बाँडफाँड टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा सकस भएको छ । नयाँ सरकार गठन भएको करिब...