दिल्लीमा अक्सिजन अभाव : २५ जनाको ज्यान गयो, ६० जनाकाे ज्यान उच्च जोखिममा

काठमाण्डाै - भारतको दिल्लीमा अक्सिजन अभाव बढ्दै गएको छ । अक्सिजन नपाउँदा २५ जना बिरामीको ज्यान गएको पाइएको छ भने ६० जना ज्यान उच्च जोखिममा परेको दिल्लीको सर गंगाराम अस्पतालका निर्देशकले बताएका बीबीसी हिन्दीले जनाएको छ । अस्पतालले अक्सिजन नहुँदा ६० जना गम्भीर बिरामी खतरामा परेका जनाएको छ । गएको २४ घण्टामा यो अस्पतालमा २५ जना बिरामीको  ज्यान गएको छ । उनीहरुलाई अक्सिजनको अभाव भएको स्रोतलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । अस्पतालका निर्देशकले अब आफूहरुसँग दुई घण्टालाई मात्रै पुग्ने अक्सिजन रहेको पनि बताएका ...

सम्बन्धित सामग्री

अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्न सकिन्छ !

काठमाण्डाै – सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ ।कोरोना संक्रमणको दर बढ्दै जाँदा अक्सिजन अभाव सुरु भएसँगै सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न गर्न भनेको हो । यो नम्बरमा फोन गरेर नाम टिपाएमा कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ ।अक्सिजन अभावमा नेपालमा पनि केही अस्पतालमा संक्रमितले ज्यान गुमाउनु परेको छ । अहिले देशभर काठमाण्डाैमा ८ सहित २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् । अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा उपलब्ध ...

उज्यालो अनलाइन

भारतमा अक्सिजन अभाव : आन्ध्र प्रदेशमा फेरि ११ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित एक अस्पतालमा अक्सिजन अभाव हुँदा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना महामारी फैलिएर भयावह स्थिति निम्तिएको भारतमा यतिखेर संक्रमित बचाउन अत्यावश्यक औषधि र अक्सिजन अभाव भइरहेको छ। तिरुपतिस्थित रूइया अस्पतालमा गएराति अक्सिजन सकिएको थियो। अस्पतालभित्र अक्सिजनको सहायतामा उपचार लिइरहेका संक्रमितहरूको ज्यान गएको हो। ती सबै संक्रमित अस्पतालको आइसीयू वार्डमा थिए।अस्पतालका सुपरिटेन्डेन्ट डा.भारतीले अक्सिजन सकिँदै गएपछि भेन्टिलेटरमा राखिएका संक्रमितको ज्यान गएको जानक

थाहा खबर

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।...

नागरिक दैनिक

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन

बुटबल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

Dekhapadhi

लुम्बिनीका मुख्यमन्त्रीले भने- अब अक्सिजन अभाव हुदैन

बुटबल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभाव नहुने बताएका छन्।उनले सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुन थालेको उल्लेख गरेका छन्।बन्द रहेको दाङको अक्सिजन प्लान्ट सुचारु भएको र भारतबाट पनि लिक्विड अक्सिजन आउन थालेकाले अक्सिजन अभाव नहुने बताएका छन्। “थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भयो। अब अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं,” पोखरेलले भनेका छन्।

Dekhapadhi

सिलिन्डर नहुँदा अक्सिजन अभाव

काठमाडौं, बैशाख २४ । विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन रिफिलिङ गर्ने क्षमता भए पनि सिलिन्डर नहुँदा अक्सिजन अभाव भएको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ। सिलिन्डर नभएकाले उद्योग […]

Reporters Nepal

सिलिन्डर नहुँदा अक्सिजन अभाव

विश्वव्यापी रूपमा फैलिएको कोभिडको दोस्रो लहरले बिरामीको संख्या बढ्दा उपचारमा आवश्यक अक्सिजनको आपूर्ति सिलिन्डर अभावका कारण प्रभावित भएको छ। ग्यास उद्योगीसँग पर्याप्त सिलिन्डर नहुँदा आवश्यकताअनुसार अक्सिजन आपूर्ति हुन सकेको छैन। उद्योगसँग अक्सिजन रिफिलिङ गर्ने क्षमता भए पनि सिलिन्डर नहुँदा अक्सिजन अभाव भएको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ। सिलिन्डर नभएकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको संघका अध्यक्ष गौरव शारडाले बतााए। नागरिक दैनिकमा खबर छ ।

Lokaantar

अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन।...

नागरिक दैनिक

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

रुपन्देही - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । बितेको २४ घण्टादेखि प्रयास गर्दा पनि अक्सिजन उपलब्ध नभएको अस्पतालले जनाएको छ । सङ्क्रमितको सङ्ख्यासँगै अक्सिजनको खपत बढ्दा अक्सिजन अभाव भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । दिउँसोसम्म अक्सिजन आपूर्ति नभएमा अवस्था नियन्त्रण बाहिर जाने उहाँले बताउनुभयो। अस्पतालमा दैनिक दुई सय सिलिण्डर अक्सिजन आव...

उज्यालो अनलाइन

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव

संघीय सरकार मातहतको एकमात्र डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपश्चात अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएको छ । अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आईसीयू र एचडीयूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो ।सूचनामा भनिएको छ, ‘हामी निकै कठिन समयको सामना […]

कारोबार दैनिक

कर्नाटकको अस्पतालमा अक्सिजन अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गयाे

काठमाण्डाै – भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजनको अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । चामाराजानगर इन्टिच्युट अफ मेडिकल साइन्समा अक्सिजन अभाव हुँदा १२ जनाको ज्यान गएको समाचार संस्था एएनआईले जनाएको छ । अस्पतालमा अरू ११ जनाको पनि आइतवार (हिजाे) राति ज्यान गएको र यसको कारण अक्सिजनको कमी थियो या अरू नै हो भन्ने विषयमा अनुसन्धान भइरहेको खबरमा उल्लेख छ । इन्टिच्युटका महाप्रबन्धक सञ्जीवका अनुसार आइतवार राति १२ बजेदेखि २ बजेको बीचमा अक्सिजन सकिएको थियो । आफूहरूले बिरामील...

उज्यालो अनलाइन

बेलझुण्डी अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गयो

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीले उज्यालोलाई जानकारी दिनुभयो । कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको वलीले बताउनुभयो  ।  अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक ला...

उज्यालो अनलाइन