सिन्धुपाल्चोक बाढी प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण प्रभावित बनेको क्षेत्रमा आज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ पुगेका छन् । प्रहरीका अनुसार हेलिकोप्टरमा उनी प्रभावित क्षेत्र पुगेका हुन् । बाढीका कारण त्यहाँ अर्बौँको धनजनको क्षति भएको अनुमान गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी वसन्त लामाले विभिन्न स्थानमा...

सम्बन्धित सामग्री

बाढी प्रभावित क्षेत्रलाई १४ करोड सहायता

सिन्धुपाल्चोक – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार मेलम्ची बाढीले पुर्‍याएको क्षतिको अवलोकन तथा निरीक्षण गरेका छन्। अवलोकनपश्चात् मुख्यमन्त्री पाण्डेले बाढीपीडित सरोकार समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै तत्कालका लागि नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि भू–संरक्षणमार्फत चार करोड बजेट निकासा भएको जानकारी दिए। उनले द्रुतगतिमा काम गर्न निर्देशन दिँदै १० करोड रकम थप गर्ने योजना रहेकोसमेत […]

मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड रकम विनियोजन

सिन्धुपाल्चोक– मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेको छ। भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको हो। बाँकी ७ करोड रकम पनि यहि आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भइ कार्यान्वयनमा समेत आउने बाग्मती […]

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

सिन्धुपाल्चोक, १० भदौ: हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई […]

बाढी प्रभावित क्षेत्र मेलम्चीवासीको गुनासो सुन्दै गगन थापा

सिन्धुपाल्चोक, २७ साउन । बाढी प्रभावित मेलम्चीवासीको गुनासो सुन्दै नेपाली काँग्रेसका नेता गगन थापा । अध्ययन टोली हेल्पका अध्यक्ष जिमी लामासँग थापा हेलम्बुको भेमाथान पुगी मेलम्ची आउनुभएको हो । तस्बिरः देवराज सुवेदी/रासस

सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई माओवादीको सहयोग

सिन्धुपाल्चोक : बाढी प्रभावित यहाँका तीन स्थानीय तहलाई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ।पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी

बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिए ।पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग शुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो । वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का नौ परिवारलाई रु पाँच÷

बाढी प्रभावित क्षेत्र मेलम्ची जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्ने भएका छन् । मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री ओली शनिवार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाँदैछन् । प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अध...

मेलम्ची बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि जुटिन् वर्षा शिवाकोटी

काठमाडौं : देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएका छन्। बाढी र पहिरोले घरहरू पुरिनुका साथै खेती योग्य जमिन नष्ट गरेको छ। धेरै मानिसहरू घरविहीन भएका छन्। सयौं विस्थापित पनि। सिन्धुपाल्चोक जिल्ला बाढी र पहिरोबाट बढी प्रभावित भएको छ। जसकारण धेरै बालबालिकाहरूको पढाई प्रभावित बनेको छ। तिनै बालबालिकाको लागि…

रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई महासंघकाे सहयोग

मेलम्ची : असार १ गते आएको मेलम्ची बाढीको डुवानमा परेको रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ।महासंघ केन्द्र र जिल्ला शाखाले आर्थिक सहयोग उपलब्ध गराएको हो। शुक्रबार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरे।सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतिलाई चेक हस्तान्तरण गरे। त्यस्तै बाढीबाट प्रभावित महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष महेश

बाढीपीडितलाई तत्काल उद्धार गरी राहत दिन पशुपति शमशेरको माग

सिन्धुपाल्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन। अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकोले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्