नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति र समझदारी गरेर जिल्ला नेतृत्व चयन गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले उच्चस्तरको समझदारी र सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन् ।
‘दशौं महाधिवेशनमा हामीले सहमतिका प्रयास गर्यौं, सहमति हुन नसक्दा लोकतान्त्रिक ढंगले स्वच्छ ढंगले लोकतान्त्रिक विधिबाट, मतदानको विधिबाट अघि बढ्ने नीति लिइयो,’ ओलीले भने, ‘जिल्ला कमिटीमा सकेसम्म समझदारी, सहमति र एकताबद्ध भएर मन नखुम्च...