नेपाल बंगलादेश बैंकको वित्तीय साक्षरता

काठमाडौं (अस) । नेपाल बंगलादेश बैंकको  भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा क्याम्पसका १७० विद्यार्थीलाई वित्तीय सेवासम्बन्धी जानकारी दिइएको बैंकले बताएको छ । बैंकको भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोगबारे विद्यार्थीलाई जानकारी गराए । बैंकले हाल १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।  

सम्बन्धित सामग्री

नेपाल बंगलादेश बैंकको वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम

नेपाल बंगलादेश बैंक फेदाप, तेह्रथुम शाखाले चैत ८ देखि १३ गतेसम्म स्थानीय ५ माध्यमिक विद्यालयहरूमा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।सो कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, साम्दु माध्यमिक विद्यालय, सिद्वकाली माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ५ सय ४ जना विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको बैंकले जनाएको छ ।नेपाल […]

भोजपुर क्याम्पसमा बंगलादेश बैंकको वित्तीय साक्षरता

काठमाडौं । नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा १ सय ७० जना विद्यार्थीहरूलाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराइएको थियो । बंगलादेश बैंक भोजपुर शाखाका विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका छन् । नेपाल बंगलादेश बैंक १ सय शाखा, […]

नेपाल बंगलादेश बैंक र एनबीआईबीच वित्तीय साक्षरता सम्झौता

नेपाल बंगलादेश बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले दु्रत गतिमा विस्तार गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार भएको सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह र एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापाले हस्ताक्षर गरे ।