गाडी बोक्नेहरूको कथा पुस्तकमा

झण्डै ७१–७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरुले बोके । गाडीका चारवटै पाङ्ग्रा खोलेर नोल लगाएर गाडी बोकेको देखेर उनी दङ्ग परे । उनी भीमफेदीबाट प्राकृतिक दृश्यहरुको अवलोकन गर्दै चित्लाङ चन्द्रागिरि हुँदै भोलिपल्ट काठमाडौँ पुगे । तर उनले भरियालाई बोक्न लगाएर छोडेको गाडी काठमाडौँ आइपुग्न १४ दिन लाग्यो । उनको मात्र हैन प्रायः भीमफेदीबाट बोकाएर गाडी काठमाडौँ पुर्‍याउन