महिलाको कथामा सिरियल ‘नारीको भाग्य’

फिल्म निर्देशक बाबु बलामीले नयाँ टेलिसिरियल ‘नारीको भाग्य’ निर्माण गरेका छन् । गत शुक्रबारबाट हरेक शुक्रबार साँझ ओएसआर मुभिजको युट्युवबाट प्रसारण सुरु भएको सिरियलमा उत्तम केसी, संगम भण्डारी, पवन केसी, सिमरन पौडेल, पुष्कर राउन, देव महर्जन, मेघ पहाडी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । दिवस गुरुङको छायांकन रहेको सिरियलमा रामेश्वर जिरेलले सम्पादन, सन्तोष प्रगाढको संगीत छ । पवन केसीको लेखन रहेको श्रृंखला सीता बलामी तथा सिवानी बलामीले मिलेर बनाएका हुन् । सिरियलले महिलाको बिषयबस्तु