घुस फालेर भागेका गाउँपालिका अध्यक्षविरुद्ध स्थानीयबासी आन्दोलनमा

जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट आठ लाख रुपैयाँ घुस रकम बरामद भएपछि स्थानीयवासी आन्दोलनमा उत्रेका छन्। मंगलबार बिहानैदेखि स्थानीय राजनीतिक दल, नागरिक समाजसहित गाउँबासी आन्दोलनमा उत्रेका छन्। कमिसनको रकम फालेर गाडीबाट हाम फाल्दै फरार भएका गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ। उनीहरु गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै विभिन्न मागसहित धर्नामा बसेका छन्। नेकपा प्रचण्ड–माधव समूह, नेपाली कांग्