नेपाल पे क्यूआर पुर्णरुपमा  सञ्चालनमा, राजस्व भुक्तानी क्यूआरबाटै गर्न मिल्ने

फागुन २८, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्यूआर अव पुर्णरुपमा सञ्चालनमा आएको छ । योसँगै अब सरकारको राजस्व भुक्तानी समेत क्यूआरबाट गर्न मिल्ने व्यवस्था गरिएको छ । हाल उपलब्ध पेमेन्ट गेटवेमा समेत नेपाल पे क्यूआर थप गरिएको छ, जसअन्तर्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आईपीएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने छ । हालसम्म हिमालयन बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आईपीएसलगायतका मोबाइल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिने कम्पनीले बताएको छ ।   नेपालपे क्यूआरको पूर्वाधारमा हिमालय बैंक, एनआईसी एशिया बैंक, कामना सेवा विकास बैंक र समृद्धि फाइनान्स मार्फत क्यूआर अक्वायरको कार्य पनि शुरु भइसकेको छ । हिमालयन बैंक र फोकसवान सोलुसन्स बीच भने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाइएको छ । यसअन्तर्गत एउटै क्यूआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलपे, नेपालपे क्यूआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ । हाल उक्त बैंक तथा वित्तीय संस्था र पीएसपीले नेपालपे क्यूआरमा ५ हजारभन्दा बढी मर्चेन्टहरु आवद्ध गरिसकेका छन् । एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डराइजेसन एन्ड गाइडलाइन्स अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको बताएको छ । सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक राणा,सानिमा बैंकका सीईओ निश्चल राज पाण्डे, एनआईसी एशिया बैंकका चिफ स्ट्रयाटेजी अफिसर विशाल सिग्डेल, कामना सेवा विकास बैंकका प्रमुख बिजनेस अधिकृत घनश्याम ढुङ्गेल, समृद्धि फाइनान्सका चिफ मेनेजर बिनोद राज पौडेल, फोकसवान सोलुसन्स् प्रालिका सीईओ प्रणय राजभण्डारी तथा नेपाल क्लियरिङ्ग हाउसका सीईओ नीलेश मान सिंह प्रधानको उपस्थिति थियो । 

सम्बन्धित सामग्री

नेपाल पे क्यूआर अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे […]

स्मार्ट क्यूआर र नेपाल पे क्यूआर अन्तरआबद्ध

काठमाडौं  । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्कस्तरमा अन्तरआबद्ध भई सेवा शुरू गरेका छन् । आइतवार आयोजित एक कार्यक्रमका बीच विभिन्न बैंक तथा वालेटका प्रतिनिधिले दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी)का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि कार्यक्रममा उपस्थित थिए । क्यूआर भुक्तानीलाई थप प्रवर्द्धन गर्न नेटवर्कस्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भएसँगै नेपाल पे क्यूआरमार्फत आबद्ध भएका  विभिन्न  मोबाइल बैंकिङ, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताले स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध  सम्पूर्ण मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने भएका हुन् । यसैगरी स्मार्ट क्यूआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटले नेपाल पे क्यूआर  नेटवर्कमा आबद्ध मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।

एनआईएमबीको फिन पीओएसमा नेपाल पे ट्याप र नेपाल पे क्यूआर गर्न सकिने

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक (एनआईएमबी)को फिन पीओएसमा नेपाल पे ट्याप र नेपाल पे क्यूआर गर्न सकिने भएको छ । त्यसका लागि बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पीओएसबाट नेपाल पे ट्याप र नेपाल पे क्यूआर सेवा शुरू गरेको हो । ‘ग्राहकले अब मर्चेन्ट प्वाइन्टहरूको फिन पीओएस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन्,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्टरनेटबिना पनि ग्राहकले नेपाल पे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्ने बैंकको भनाइ छ ।

गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्यूआर

गरिमा विकास बैंकको मोबाइल बैकिङबाट अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ । […]

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण गरेका हुन् । नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवम् व्यापारीलाई सहज डिजिटल […]

माछापुच्छरे बैंकद्वारा नेपाल पे क्यूआर कोड हस्तान्तरण

माछापुच्छरे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवद्र्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ ।नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका छन् ।कार्यक्रममा […]

एभरेष्ट बैंकको मोबाइल बैंकिङमा जोडियो नेपाल पे क्यूआर

एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङमा नेपाल पे क्यूआर सेवा एकीकृत गरेको छ ।नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विकास गरेको नेपाल पे क्यूआर अब एभरेष्ट बैंकका ग्राहकहरुले प्रयोग गर्न पाउने भएका छन् । यसले गर्दा बैंकका ग्राहकले अब विभिन्न भुक्तानीका लागि नेपाल पे क्यूआर प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकले नेपाल पे क्यूआरलाई व्यवसाय […]

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’

काठमाडौं (अस) । एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मा ‘नेपाल पे क्यूआर’ एकीकृत गरिएको छ । यससँगै बैंकका ग्राहकले विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपाल पे क्यूआर’मार्फत भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकले ‘नेपाल पे क्यूआर’का लागि व्यवसाय प्राप्ति गर्न पनि पहल गरेको बताएको छ । हाल बैंकले आफ्ना ११५ शाखा, ३१ राजस्व संकलन काउन्टर र १५० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपाल पे क्यूआर’लाई सफलतापूर्वक एकीकृत गरेको छ। जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपाल पे क्यूआर’मार्फत भुक्तानीहरू गर्न सक्नेछन्। एभरेष्ट बैंकले ‘नेपालपे क्यूआर’को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ। एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म […]

एनसीएचएलको पे क्यूआर सञ्चालनमा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी पे क्युआरको औपचारिक सुरुवात गरेको हो । एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसार अन्तर–आबद्धता कायम गर्नेगरी नेपाल पे क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । क्यूआर स्कीमको रुपमा उपलब्ध रहेको उक्त नेपाल […]