क्यारेबियन प्रिमियर लिगमा सन्दीपले ट्रीनबागोबाट खेल्ने

एजेन्सी। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)ट्वान्टी–२० क्रिकेट ट्रीनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन्। सीपीएलले मंगलबार सन्दीपले ट्रीनबागोबाट खेल्ने जनाएको हो। सन्दीपले यसअघि सीपीएलका तीन सिजन खेलिसकेका छन्। पहिलोपटक बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका सन्दिपले त्यसपछि सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र गत सिजन जमैका तलावाजबाट सीपीएल खेलेका थिए।

सम्बन्धित सामग्री

सन्दीपले जमैकाबाट सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक दिनको अन्तरमा अर्को अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भएका छन् । मंगलबार लंका प्रिमियर लिगमा आबद्ध भएका सन्दीप बुधबार क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा...

सन्दीपले क्रिस गेलको कप्तानीमा खेल्ने

इन्डियन प्रिमियर लिगमा छानिएको एक महिनापछि नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने अर्को लिगमा अनुबन्धित भएका छन्। बिहीबार राति लन्डनमा भएको क्यारेबियन प्रिमियर लिग (सिपिएल)को खेलाडी ड्राफ्ट (छनौट) मा सेन्ट किट्स एन्ड नेभिस टोलले सन्दीपलाई ५ लाख रुपैयाँमा किनेको हो। आइपिएलमा छानिएको र नामिबियामा भएको आइसिसी डिभिजनमा म्यान अफ द सिरिज भएपछि उनी विश्व क्रिकेट…