पनौतीको मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

काभ्रेको पनौती नगरपालिका मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । काँग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए ।यहाँ  काँग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्।  निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए । 

सम्बन्धित सामग्री

लमजुङका आठ स्थानीय तहमा काँग्रेस र एमालेका चार/चार विजयी

लमजुङ । यहाँ रहेका आठ स्थानीय तहमध्ये चार/चार स्थानीय तहमा काँग्रेस र नेकपा (एमाले) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा काँग्रेसले प्रमुख पद जितेको छ । जिल्लामा काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतको गठबन्धन रहेको थियो भने […]

सुनसरीको बर्जुमा एमाले विजयी

सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गरेकी छन्।छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा काँग्रेस विजयी भएको छ ।

सुनवल नगरमा एमाले विजयी

गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो । तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी भएकी छन् । यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका

सुर्खेतको वीरेन्द्रनगर एमाले विजयी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख/उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा  एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।     ढकालले गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गरेकी हुन् । ढकालले १६ हजार ३८ तथा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गरे

काँग्रेस नेता सिटौलाको वडामा एमाले विजयी

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह वडामा नेकपा एमाले विजयी भएको छ। सिटौलाको घर रहेको झापाको भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा एमालेका टेकबहादुर खड्का विजयी भएका हुन् । खड्काले काँग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गरी वडाध्यक्षमा जित हासिल गरेका छन् । खड्काले १ हजार ४८० मत ल्याउँदा काफ्लेले १ हजार १७१ मत पाएका छन्। उक्त वडामा राप्रपाका उम्मेदवार खेमराज भट्टराईले ७०६ मत ल्याएका छन्।

रुपन्देहीको देवदहमा एमाले विजयी

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् । खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली काँग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमाल

सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी, माओवादी बन्यो तेस्रो

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् र एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मतका साथ विजयी भएका हुन् । सो गाउँपालिकामा काँग्रेस दोस्रो हुँदा माओवादी तेस्रो बन्यो ।यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेकी उम्मेदवार शोभना तामाङ विजयी भएकी हुन् ।

सप्तरीको अग्नीसाइरको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा काँग्रेस

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । उपाध्यक्षमा भने काँग्रेसले विजय हासिल गरेको छ ।  एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ७४ मतका साथ विजयी हासिल गर्दा काँग्रेसका परशुराम चौधरी ३ हजार ८८ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २१६ मतका साथ विजय हासिल गरिन् ।

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसबाट नवराज के.सी ४ हजार ७१५ मतका साथ विजयी भएका हुन् । दोस्रो भएका एमालेका उम्मेदवार खड्गबहादुर कार्कीले ४ हजार ५६० मत प्राप्त गरे । उपाध्यक्षमा भने एमालेकी दिलमाया मगर निर्वाचित भइन् । उनले ४ हजार ५१३ मत प्राप्त गर्दा काँग्रेसकी कृषा पुलामीले ४ […]

गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र बहादुर कुँवर १० मतान्तरले विजयी भएका हुन् । अध्यक्षमा कुँवर ४ हजार ७०७ मतसहित विजयी हुँदा नेकपा एमालेका प्रेमबहादुर केसीले ४ हजार ६९७ मत पाए । यस्तै, उपाध्यक्षमा एमालेकी सरिता खड्का ४ हजार ५६७ मतसहित निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बेगम बहादुर चन्द बोहोराले