यी नेपाली फिल्म प्रदर्शन हुँदै छन् एउटै मितिमा

काठमाडौं : कोरोनाका कारण लामो समय रोकिएका फिल्म क्रमशः प्रदर्शनमा आउँदैछन्। तिबाहेक नयाँ बनेका फिल्म पनि प्रदर्शनको तयारीमा छन्।कोरोनाका कारण भएको लकडाउन खुलेपछि पनि नेपाली फिल्मविहीन बनेका हलहरूमा अब भने एकैदिन दुईवटा फिल्म प्रदर्शनमा आउन थालेका छन्। जसमा एउटै निर्देशक तथा कलाकार भएका फिल्म पनि नजिकका मितिमा प्रदर्शन हुने देखिएको छ। असार ३१ मा प्रदर्शनमा आएका ‘सिल्ली फो’ र ‘सम्झना बिर्सना’बाट यो क्रम शुरु भइसकेको छ। आगामी शुक्रबार अर्थात साउन १३ गते खगेन्द