सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

नेकपा एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलविर चौधरीलाई पदबाट बर्खास्त गरिएको छ । नेकपा एकीकृत समाजवादी (एस) बाट राज्यमन्त्री भएका चौधरीलाई एसको प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् ।भौतिक पूर्वाधार विकास मन्त्री तथा एसका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले पार्टी छोडेर एमाले प्रवेश गरेकाले चौधरीलाई […]

सम्बन्धित सामग्री

‘एमाले प्रवेश गर्न लागेपछि’ सुदूरपश्चिमका राज्यमन्त्री चौधरी बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ । नेकपा (एमाले)मा प्रवेश गर्न लागेको थाहा पाएपछि उनलाई बर्खास्त गरिएको हो । उनी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट ०७८ चैत २५ गते राज्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरीलाई पदबाट हटाइएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा...

एमाले प्रवेश गर्न लागेका मन्त्री चौधरी बर्खास्त

एमाले प्रवेश गर्न लागेका सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्तीमा परेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बर्खास्त गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ । चौधरीसहित पूर्वमन्त्री तारा तमाङलगायत समाजवादीका केही कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् । उनीहरुलाई पार्टी प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर पुगिसकेका छन् ।

एमाले प्रवेश गर्ने चर्चापछि सुदूरपश्चिमका भौतिक राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् ।

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त

१५ भदौ, धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए । चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको कुँवरले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका […]