राप्रपाको मतदान सुरु भएन, आत्तिन थाले लाइन बसेका प्रतिनिधि

काठमाडौं स् भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने भनिएको चुनाव अझै सुरु हुन सकेको छैन। शनिबार बिहान ८ बजेदेखि हुने भनिएको चुनाव साढे ११ बजेसम्म सुरु हुन सकेको छैन। भोटिङ मेसिनको केही प्राविधिक काम बाँकी रहेकाले गर्दा मतदान प्रक्रिया ढिला हुन पुगेको बताइएको छ।तोकिएको समयमा मतदान सुरु हुन नसकेपछि बिहानैदेखि लाइन बसेका प्रतिनिधिहरू आक्रोशित बनेका छन्। बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिहरू जाडो र भोकले छटपटिन थालेका हुन्। अबको केही समयमै मतदान सुरु हुने जनाइएको छ

सम्बन्धित सामग्री

धनुषाकाे एक मतदान केन्द्रमा अझै मतदान सुरु भएन

जनकपुरधाम - धनुषाको एक मतदान केन्द्रमा अझै दिउँसाे एक बजेसम्म मतदान सुरु हुन सकेको छैन । जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा कमला नगरपालिकाको वडा नम्बर–६ मडानमा स्थित बिलट बौकु मावि (ख) केन्द्रको मतदान सुरु हुन नसकेको हो । प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभामा हेरफेर भएको भन्दै स्थानीयले विवाद गर्दा...

चिसोका कारण सङ्खुवासभाको थुदाममा मतदान सुरु भएन

सङ्खुवासभा - अत्यधिक चिसोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । मतदान गराउने कर्मचारी र सुरक्षाकर्मी उपस्थित भए पनि  मतदाता भने  मतदान केन्द्रमा पुग्न सकेका छैनन् ।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरले चिसोका कारण मतदाता उपस्थित हुन नसक्दा समयमै मतदान सुरु हुन नसकेको जनाएको छ ।  केही दिनदेखि सङ्खुवासभाको उत्तरी क्षेत्रमा  चिसो बढेको छ ।

हुम्लाका चार मतदान केन्द्रमा अझै सुरु भएन मतदान

नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरु भएको छैन। अत्याधिक चिसोले नाम्खा-६ को तिल,जाङ, हलजी र वडा  नम्बर-५ को मुचुमा मतदान हुन...

एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँको पुट्टारमा सुरु भएन मतदान

तनहुँ घिरिङ गाउँपालिका-१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।

दैलेखको चामुण्डा बिन्द्रासैनी–५ को मतकेन्द्रमा अझै सुरु भएन मतदान

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा अझै मतदान सुरु हुन सकेको छैन । मतदानस्थलमा शंकास्पद वस्तु फेला परेपछि मतदान हुन नसकेको हो ।बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि रोकिएको हो । स्थानीय प्रशासनका अनुसार बम डिस्पोजल सेनाको टोली मतदान केन्द्रमा पुगिसकेको छ ।सेनाले उक्त वस्तु पहिचान गरेर मतदान केन्द्रलाई सुरक्षित तुल्याएपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रेस युनियनको मतदान अझै सुरु भएन

हेटौंडा– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु भएको छैन । निर्वाचन समितिले मतदाता नामावली टाँस गरिसकेको भए पनि प्रतिनिधि विवादका कारण मतदान सुरु नभएको केन्द्रिय सदस्यका उम्मेदवार तेजन खडकाले जानकारी दिए । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि मतदान शुरु हुनु पर्ने थियो भने […]

रुकुम पूर्वको पेल्मामा मतदान सुरु भएन, मतदानमा भाग नलिने कांग्रेसको अडान

३० वैशाख, रुकुम (पूर्व) । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन । जिल्लाका अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएपनि पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर २ को प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा भने अझै मतदान सुरु हुन नसकेको रुकुम(पूर्व) का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले […]

रामेछापको सुनापति -२ दिमीपोखरीमा अझै सुरु भएन मतदान

३० वैशाख, रामेछाप । रामेछापको रामेछापको सुनापति गाउँपालिका २ दिमी पोखरीमा अझै मतदान सुरु हुन सकेको छैन । त्यहाँ बिहानैदेखि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद भएकाले मतदान सुरु हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै मन्थली नगरपालिकाको गेलु सिकरालमा केहीबेर विवाद भए पनि अहिले स्थिति समान्य भएको र मतदान चलिरहेको छ । […]

मतपेटिका चर्किएपछि सोलुखुम्बुको एउटा मतदान केन्द्रमा मतदान सुरु भएन

सोलुखुम्बु - सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ को हेवामा रहेको दूधकुण्ड आधारभूत विद्यालयको मतदान स्थलमा मतपेटिका चर्किएका कारण मतदान सुरु हुन सकेको छैन । मतपेटिका चर्किएको भेटिएपछि मतदान सुरु नभएको र त्यहाँ अर्को मत पेटिकाको व्यवस्था गर्ने प्रयास भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । यस्तै, महाकुलुङ गाउँपालिकाको एउटा मतदान केन्द्रमा पनि मतदान सुरु हुन सकेको छैन । दुवै ठाउँको प्राविधिक समस्या समाधानको प्रयास भइरहेको प्रजिअ खनालले बताउनुभयो ।  &...

कांग्रेसमा अझै मतदान सुरु भएन : प्रतिनिधि बिहानैदेखि लाइनमा

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि नै मतदान हुने भनिए पनि अझै मतदान सुरु भएको छैन । भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे नै मतदान सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।  मतपत्र आउन ढिलाइ भएकाले मतदानमा ढिलाइ भइरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानका लागि भनेर प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदान स्थलमा लामबद्ध भएका थिए । तर, लाइनमा बसेको झण्डै तीन घण्टा हुन लाग्दा समेत मतदान सुरु नभए पछि उनीहरु निराश हुन...