हिमालयन बैंक र क्लियरिङ हाउसबीच नेपालपे क्यू आर सेवा प्रदान गर्ने सम्झौता

हिमालयन बैंक Himalayan Bank Limited  र नेपाल क्लियरिङ हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता भएको छ। क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्यु आर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन सम्झौता भएको बैंकले जनाएको छ ।सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ । ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर   मार्पmत डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त नेपाल पे क्युआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकले जनाएको छ ।बैंकका अनुसार यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन् । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र  क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित सामग्री

हिमालयन बैंक र जंगल भिल्ला रिसोर्टबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र जंगल भिल्ला रिसोर्टबीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंक लिमिटेडका कार्डबाहक तथा ग्राहकलाई १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । हिमालयन बैंक का […]

हिमालयन बैंक सम्मानित

नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको एक समारोहका बीच वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ । सो समारोहमा सम्मान स्वरुप नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् । […]

हिमालयन बैंक र दराजबीच ११.११ अभियानमा छुटसम्बन्धी सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र दराज बीच ११.११ अभियानमा छुट दिनेसम्बन्धी विषयमा सोमबार सम्झौता भएको छ । हिमालयन बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमू प्रालि बीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने विषयमा सम्झैता भएको हो । यो योजना २५ कात्तिकदेखि लागु हुनेछ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजयमान […]

हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स)बीच एक सम्झौता भएको छ । बिहीबार भएको सम्झौताअनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड...

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसका दुई नयाँ कार्ड सुरु

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरेर विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सामान खरिद गर्ने खरिदकर्ताका लागि ल्याइएको हो। यस्तै हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य या...

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले सुरु गरे दुईवटा नयाँ कार्ड

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सेवा सुरु गरेका छन् ।दुई संस्थाको सहकार्यमा दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सामग्री खरिद […]

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा क्रेडिट र प्रिपेड कार्ड सञ्चालनमा

काठमाडौँ– हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि दुईवटा नयाँ कार्डह सञ्चालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरू खरिद गर्ने खरिदकर्ताहरू तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड […]

हिमालयन बैंक र सिभिल बैंकको मर्जर भाँडियाे

आज हुन लागेको हिमालयन बैंक र सिभिल बैंकको मर्जरसम्बन्धी सम्झौता कार्यक्रम स्थगित भएको छ ।

टीकापुरमा हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले कैलालीको टीकापुर नगरपालिका–१ जमरापारीमा शाखा स्थापना गरेको छ।

मणिग्राममा हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा–५, मणिग्राम चोकमा शाखा खोलेको छ।