बजेट बाँडफाँटमा समस्या

विकास निर्माणका तालुकदार मन्त्रालयले विनियोजित बजेट खर्च गर्न नसकिरहेको अवस्थामा केही परियोजनामा भने बजेट अभावले काम प्रभावित भएको छ । पूर्वाधार निर्माणले गति नलिएसम्म आर्थिक वृद्धि तीव्र नहुने तथा दिगो पनि नहुने अवस्थामा विकास खर्च हुन नसक्नु नेपालको अर्थतन्त्रको गम्भीर र पुरानो रोग हो । कोरोना कालमा निषेधाज्ञा र महामारीको त्रासले काम राम्ररी हुन सकेको छैन । तर, राम्रो काम गर्ने केही परियोजनाले बजेट पाउन सकेका छैनन् । यो गम्भीर समस्या हो । बजेट विनियोजनको यस्तो विसंगति अन्त्य हुन जरुरी छ । एकातिर बजेट खर्च नहुने तर अन्य आयोजनाले बजेट नै नपाउने स्थितिले बजेट निर्माणकै प्रक्रियामा थप सुधार आवश्यक भएको औल्याउँछ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी बजेट पाएको सडक विभागले चालू आवको १० महीनामा जम्मा ४५ प्रतिशत पूँजीगत खर्च गर्न सकेको छ । तर, यही विभागअन्तर्गत हुलाकी राजमार्ग, औद्योगिक कोरिडोर जस्तो केही परियोजनामा भने विनियोजित रकम नपुगेर काम प्रभावित भएको छ । परियोजनाका लागि ११ अर्ब बजेट अपुग रहेको आयोजना प्रमुखको भनाइ छ । अन्य आयोजनामा काम नभई बजेट फिर्ता हुने अवस्थामा काम तीव्र गर्ने आयोजनालाई थप बजेट निकास गर्ने व्यवस्था मिलाउनु आवश्यक देखिएको छ । मन्त्रालय वा विभागको विनियोजित बजेटको ५५ प्रतिशत खर्च हुन बाँकी छ । चालू आवको अन्त्य हुन २ महीना पनि बाँकी छैन । यस्तोमा बाँकी बजेट असारमा हतारहतार खर्च गर्ने देखिन्छ । यस्तो हतारको खर्चले विकास निर्माणका गतिलो हुने गरेको छैन । बजेट सक्ने असारे प्रवृत्ति नै नेपालको पूर्वाधार निर्माणको सबैभन्दा नराम्रो प्रवृत्ति हो । काम गर्ने आयोजनालाई खर्च नभएको आयोजनाको बजेट रकमान्तर गरेर भए पनि निकासा गर्नु आवश्यक देखिन्छ । बजेट फिर्ता हुनुभन्दा रकमान्तर गरेर भए पनि काम भएका आयोजनाका लागि स्रोत जुटाइदिनु उपयुक्त मान्न सकिन्छ । हुलाकी राजमार्गमा देखिएको समस्याले नेपालमा स्रोतको अभावभन्दा पनि यसको बाँडफाँट सही ढंगमा हुनुचाहिँ गम्भीर समस्या हो भन्ने देखाउँछ । एकातिर बजेट खर्च नहुने तर अन्य आयोजनाले बजेट नै नपाउने स्थितिले बजेट निर्माणकै प्रक्रियामा थप सुधार आवश्यक भएको औंल्याउँछ । योजनाको सही विश्लेषण र छनोट नहुँदा यस्तो समस्या आउने गरेको हो । बजेट खर्च नहुने प्रवृत्ति दशकौंदेखि नै विद्यमान छ । विकास साझेदारहरूले नेपालको खर्च गर्ने क्षमतामा प्रश्न उठाएका छन् । यसको समाधानका लागि विभिन्न प्रयास नभएका होइनन् । योजना छनोट र बजेट बाँडफाँट वस्तुपरक होस् भन्नका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) नामक अनलाइन प्रणाली नै विकास गरिएको छ । यसमा ४/४  महीनाको लक्ष्य निर्धारण गरी बजेट माग गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, अझै पनि हचुवाको भरमा बजेट निकासा हुन रोकिएको छैन । विकास बजेटलाई प्रभावकारी बनाउन सार्वजनिक खरीद ऐनमा पनि सुधार भएको छ । प्रधानमन्त्री कार्यालयमै राष्ट्रिय गौरवका आयोजनाहरूको निरीक्षण र अनुगमन गर्ने कक्ष स्थापना गरिएको छ । त्यस्तै परियोजना प्रमुखहरूसँग करार गर्ने व्यवस्था पनि ल्याइएको छ । तर पनि परियोजनाहरूको काम तीव्र हुन सकेको छैन । त्यसैले किन ढिला हुने गरेको हो यसमा गम्भीर केस स्टडी गराएर त्यसबाट समाधान खोज्नुपर्ने बेला आएको छ । समस्याको जड नीतिनियम वा कार्यान्वयन पक्षमा छ भने त्यसको समाधान गरिनुपर्छ । त्यस्तै परियोजनाका प्रमुख र अन्य कर्मचारीहरूको सरुवाका कारण यसो भएको हो भने यो रोकिनुपर्छ । तर, नयाँनयाँ प्रयोग र प्रावधान राखेर समाधान खोजिँदा हरेक वर्ष खर्च नहुने समस्या दोहोरिइरहने गरेको छ । विकास निर्माणका सबैभन्दा ठूलो बजेट पाउने मन्त्रालयको बजेट खर्च प्रभावकारी नभई आयोजनाहरूमा ढिलाइ हुँदा पूरै अर्थतन्त्र प्रभावित भएको छ । अतः समस्याको सम्पूर्ण पक्षको अध्ययन गराई समाधान खोज्न ढिला गर्नु हुँदैन ।

सम्बन्धित सामग्री

बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत), १३ चैत । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच सय ७४ वटा योजना कार्यान्वनमा समस्या देखिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयसँग र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग सम्बन्धित योजना कार्यान्वनमा समस्या भएको हो । रातो किताबमा आएका ती योजनालाई सरकारले तत्कालीन प्रमुख प्रतिपक्ष दल एमालेसँगको सहमतिअनुसार बजेट थप गरेर […]

फेरि पनि बजेट फ्रिजकै समस्या

यस वर्ष पनि असारको अन्तिममा आएर बजेट फ्रिज भएको समाचारले सञ्चारमाध्यम छाएको छ । हरेक वर्षका हिले बजेट कार्यान्वयनसँगै बजेट फ्रिजका समस्याले नियमितता पाउँदै आएका छन् । यस वर्ष पनि यो विषय अछुतो रहने कुरै भएन । उसो त पुँजीगत बजेटको सदुपयोग हुन नसकेकाले नेपालमा विकासे दुर्दशा सुरु भएको अर्थविद् तथा विज्ञहरूको आलोचना सरकारले कमै […] The post फेरि पनि बजेट फ्रिजकै समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खेलकुद क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट आयो : अध्यक्ष श्रेष्ठ

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताएका छन् । आइतवार अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा चर्चा गर्दै अध्यक्ष श्रेष्ठले बजेट घटेर आएपनि खेलाडीको हक हितका लागि बजेट आएको बताएका हुन् । आगामी आर्थिक वर्षको खेल क्षेत्रको बजेट चालु आर्थिक वर्षको भन्दा २८ करोडले कमी हो । खेलकुद क्षेत्रका समस्याहरुलाई निराकरण गरेर खेल क्षेत्रबाट रा

खेलकुद क्षेत्रमा भएका समस्या समाधान गर्ने किसिमको बजेट आयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताउनुभएको छ । अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रले पाउने बजेट घटे पनि खेलाडीको हकमा रहेको जिकिर गर्नुभयो । आगामी आर्थिक वर्षको खेल क्षेत्रको बजेट चालु आर्थिक वर्षको भन्दा २८ करोडले कमी हो । खेलकुद क्षेत्रका समस्या निराकरण गरेर खेल […]

‘टुक्रे योजनाले बजेट कार्यान्वयनमा समस्या’

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले साना र टुक्रे योजनाहरुमा बजेट विनियोजन गरिएकाले बजेट कार्यान्वयनमा समस्या देखिएको जनाएको छ ।चालु आर्थिक वर्ष २०७८-०७९ को अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले टुक्रे योजनाहरुमा बजेट विनियोजन गरिएकाले प्रदेश गौरव तथा बहुवर्षीय आयोजनाहरुमा एथेष्ट बजेट विनियोजन हुन नसकेकोे जनाएको हो । मन्त्रालयले अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ, “प्रदेश […]

स्रोतको कमीले बजेट तथा योजना कार्यान्वयनमा समस्या

राष्ट्रिय योजना आयोगले सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यान्वयनमा समस्या हुने गरेको बताएको छ । सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिट्यान्स र अन्य अनुमानित सहयोगबाट बजेट निर्माण गर्दा त्यो स्रोत दिगो नहुँदा योजना तथा आयोजना कार्यान्वयनमा कठिनाइ उत्पन्न हुने गरेको आयोगका सदस्य डा. रामकुमार फुयाँलले बताएका हुन् । राष्ट्रिय योजना आयोगद्वारा हालै हेटाैंडामा आयोजित मध्यकालीन खर्च संरचना, आयोजना बंैक र समपूरक तथा विशेष अनुदानको सफ्टवेयर र सञ्चालन एवं दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धी प्रद...

‘खरिद प्रक्रियाको झन्झटले बजेट कार्यान्वयनमा समस्या’

खरिद प्रक्रियामा देखिएको समस्याले बजेट कार्यान्वयनमा असर गरेको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विभिन्न कारणले बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने गरे पनि खरिद सम्झौता एक कारण रहेको विश्व बैंकले हालै सार्वजनिक गरेको सार्वजनिक खर्चको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।वार्षिक बजेटको ६० प्रतिशत बजेट खरिद प्रक्रियामार्फत कार्यान्वयन हुने भए पनि खरिद प्रक्रिया कमजोर, त्रुटीपूर्ण […]

अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा कार्यान्वयनमा समस्या : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा कार्यान्वनमा समस्या भएको गुनासो गर्नुभएको छ । गृह जिल्ला रूपन्देहीको तिलोत्तमा आयोजित कार्यक्रममा उहाँले ओली सरकारले ल्याएको बजेटलाई कागजी घोडाको संज्ञा दिनुभयो । अघिल्लो सरकारको बजेट सच्याएर आफूहरुले नयाँ बजेट ल्याएको भन्दै खाँडले बजेट अभावका कारण ओली सरकारले ल्याएका योजना कटौती गर्नुपरेको तर्क पनि गर्नुभयो […]