भक्तपुरको बाल सुधार गृहबाट बन्दी फरार, २ जना पक्राउ

काठमाडौं । भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहबाट बन्दीहरु फरार भएका छन्। आइतबार दिउँसो सुधार गृहबाट बन्दीहरु भागेकाे प्रहरीले बताएकाे हाे। भागेका मध्ये २ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त ठिमीले जनाएकाे छ। सुधार गृहबाट भागेका मध्ये २ जना पक्राउ गरेकाे भएता पनि कति भागेको किन र कसरी भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएकाे हाे ।