ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ ।कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे ।सम्झौताअनुसार ग्लोबल […]

सम्बन्धित सामग्री

आधाभन्दा बढीले गरेनन् आस्बा सदस्यता नवीकरण

काठमाडौं। आर्थिक वर्ष २०८०/८१ का लागि आधाभन्दा बढी सदस्यहरूले आस्बा सदस्यता नवीकरण गरेका छैनन् । नेपाल धितोपत्र बोर्डले दिएको जानकारीअनुसार असार मसान्तसम्ममा १३ वाणिज्य बैंकसहित २४ कम्पनीले मात्र आर्थिक वर्ष २०८०/८१ का लागि आस्बा सदस्यता नवीकरण गरेका हुन् । धितोपत्र खरीद सार्वजनिक निष्कासन सम्बन्धी निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका ५६ आस्बा सदस्य आस्बा सेवामा सहभागी थिए ।  यी कम्पनीहरूले आर्थिक वर्ष समाप्त हुनुअगावै नेपाल धितोपत्र बोर्डमा नवीकरणका लागि निवेदन दिई सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम दुई दर्जन कम्पनीको मात्र सदस्यता नवीकरण भएको बोर्डले जानकारी दिएको हो ।  असार मसान्तसम्म आस्बा सदस्यता नवीकरण गराउने कम्पनीहरूमा आइ.सि.एफ.सि. फाइनान्स, रिलायन्स फाइनान्स, नबिल बैंक, प्रोग्रेसिभ फाइनान्स, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एन.आई.सी. एशिया बैंक, एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सन्राइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, गरिमा विकास बैंक, माछापुच्छ«े बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स रहेका छन् । नवीकरण नगरेका आस्बा सदस्यबाट पनि सार्वजनिक निष्कासनका धितोपत्र खरीदका लागि आवेदन दिन मिल्ने आस्बा सदस्यहरूले धितोपत्रको सार्वजनिक निष्कासन हुँदाको बखत लगानीकर्ताको दरखास्त संकलन तथा तत्सम्बन्धी कार्य गर्ने गर्छन् । कम्पनीहरूको शेयरको सार्वजनिक निष्कासन भइरहेका बेला सदस्यता नवीकरण नगरेका कम्पनीबाट आस्बा सेवा लिन पाउने कि नपाउने भन्ने प्रश्नमा बोर्डले लगानीकर्तालाई समस्या नहुने प्रतिक्रिया दिएको छ । बोर्डका एक उच्च अधिकारीले सार्वजनिक निष्कासन भइरहेको बेला आम लगानीकर्तालाई समस्या नहुने गरी बोर्डले यस विषयमा निर्णय गर्ने जानकारी दिएका छन् ।  सदस्यता नवीकरण नगर्ने कम्पनीलाई कारबाहीलगायत विषयलाई कायमै राखी लगानीकर्ताले पाउनुपर्ने सेवा नरोक्ने निर्णयमा बोर्ड पुगेको ती अधिकारीले बताए । यसअघि आस्बा सदस्यता लिएका कतिपय कम्पनीहरू मर्जर र प्राप्तिका कारण पनि नवीकरणमा नआएको हुन सक्ने बोर्डले अनुमान गरेको छ । नवीकरण गर्नै नपर्ने कम्पनीलाई थाती राखी अन्य कम्पनीलाई लाखौं सेवाग्राहीको जिम्मेवारी बोध गर्दै सदस्यता नवीकरण गराउन बोर्डले अनुरोधसमेत गरेको छ । बोर्डले आस्बा सदस्यता नवीकरण गर्दा २५ हजार रूपैयाँ शुल्क लिन्छ । धितोपत्रको प्राथमिक बजारलाई पूर्ण अनलाइन बनाउन आस्बा प्रणालीले निकै महत्त्वपूर्ण भूमिका खेलेको छ । धितोपत्र खरीद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ मार्फत लागू गरिएको आस्बा प्रणालीलाई थप व्यवस्थित, सर्वसुलभ र चुस्त पार्ने उद्देश्यले सि–आस्बा प्रणाली निर्माण गरी २०७४ फागुन ११ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो । यो प्रणाली आएसँगै धितोपत्र बजारमा लगानीकर्ताको संख्या निरन्तर बढिरहेको छ । यसले गर्दा २०७४ सालयता प्रारम्भिक निष्कासनको  शेयरमा आवेदन दिन घण्टौं लाम बस्नुुपरेको छैन । धितोपत्र बजारको कागजी प्रणालीलाई अन्त्य गर्न सफल भूमिका खेल्ने आस्बा सदस्यहरूले आफ्नो सदस्यता नवीकरणलाई समेत विशेष प्राथमिकतामा राख्नुपर्नेमा लगानीकर्ता डम्बरूबल्लब घिमिरेले जोड दिए । धितोपत्र बजारको विकास र विस्तारमै अग्रणी भूमिका निर्वाह गरिरहेका कम्पनीहरूलाई छिटो सदस्यता नवीकरण गरी आम सेवाग्राहीले विश्वास गर्ने वातावारण सृजना गर्न घिमिरेले अनुरोध गरे ।  पछिल्लो समय बोर्डले आस्बा सदस्यले सार्वजनिक निष्कासनका लागि आवेदन दिने व्यक्तिबाट बढीमा ५ रूपैयाँ संकलन गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि न्यूनतम १० रूपैयाँदेखि अधिकतम सय रूपैयाँसम्म आस्बा शुल्क संकलन गर्न पाइन्थ्यो । कतिपय आस्बा सदस्यले नि:शुल्क सेवा दिँदै आएका छन् ।

असार मसान्तसम्म २४ कम्पनीले मात्र गरे आस्बा सदस्यता नवीकरण

काठमाडौं । आर्थिक वर्ष ०८०/८१ को लागि २४ कम्पनीहरूले मात्रै आस्बा सदस्यता नवीकरण गरेका छन् । नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार १३ वाणिज्य बैंकहरूसमेत २४ कम्पनीहरूले मात्र असार मसान्तसम्म आस्बा सदस्यता नवीकरण गरेका हुन् । धितोपत्र खरीद सार्वजनिक निष्कासनसम्बन्धी निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका ५६ आस्बा सदस्यहरूले सेवा प्रदान गर्दै आएका थिए । तीमध्ये आधाभन्दा कमले मात्र सदस्यता नवीकरण गराएका हुन् । यी सदस्यहरूले धितोपत्रको सार्वजनिक निष्कासन हुँदाको बखत लगानीकर्ताको दरखास्त संकलनलगायत कार्य गर्छन् । २०७४ सालदेखि अनिवार्य गरिएको आस्बा प्रणालीमा आस्बा सदस्यहरूको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । बोर्डका अनुसार आस्बा सदस्यता लिएका सबै सदस्यहरूले सदस्यता नवीकरणपश्चात् मात्र सेवा प्रदान गर्न सक्नेछन् ।  असार मसान्तसम्म आस्बा सदस्यता नवीकरण गराउने कम्पनीहरूमा कृषि विकास बैंक, आइसिएफसि फाइनान्स, रिलायन्स फाइनान्स, नबिल बैंक, प्रोग्रेसिभ फाइनान्स, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, शाइन रेसुङ्गा बैंक, सन्राइज बैंक र सिद्धार्थ बैंक छन् । यसैगरी नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले पनि आस्बा सदस्यता नवीकरण गराएका छन् ।

दोर्दी खोला जलविद्युतको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

जेठ ५, काठमाडौं । वैशाख १३ गतेदेखि निष्कासनमा आएको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । शेयर खरीद गर्न इच्छुक स्थानीयहरुले बिहीवार कार्यालय अवधिभित्र आवेदन दिनु पर्नेछ । कम्पनीले जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजारको १० प्रतिशतले हुन आउने प्रतिकित्ता रू. १०० अंकित दरका रू. १० करोड ५४ लाख २६ हजार बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ । यो आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको  अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

स्थानीयका लागि दोर्दीखोला जलविद्युत् कम्पनीको आईपीओ आजदेखि निष्कासनमा

वैशाख १३, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले आज (मंगलवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार गाविस) का लागि आईपीओ निष्कासन गरेको हो । स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म आईपीओ विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसींशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना सेवा विकास बैंक, बेसींशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसींशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसींशहर शाखा लमजुङबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार ग्लोबल […]

ग्लोबल र कामना बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतले हस्ताक्षर गरेका हुन्‌ ।सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरूलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण

कामना सेवा विकास बैंकसहित ५ ओटा कम्पनीको धितोपत्रमा उच्च खरीद माग

कात्तिक १५, काठमाडौं । साताको दोस्रो  कारोबार दिन सोमवार कामना सेवा विकास बैंकसहित पाँच ओटा कम्पनीको धितोपत्रमा उच्च खरीद माग रहेको छ । बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । कामना सेवा विकास बैंक, साहस उर्जा कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड,सिद्धार्थ इन्भेष्टमेण्ट स्किम - २ र ग्लोबल आइएमई समुन्नत स्किम - १ को इकाईमा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी कामना सेवा विकास बैंकको धितोपत्रमा ७ लाख ७७ हजार ८८८ कित्ता खरीद माग रहेको छ ।  त्यसैगरी साहस उर्जा कम्पनीको ३ लाख ८१ हजार ९६१ कित्ता, एनआईसी एशिया ग्रोथ फण्डको २ लाख २७ हजार इकाई, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको २ लाख ५ हजार १५० इकाई र ग्लोबल आइएमई सम्न्नत स्किम १ को १ लाख ६५ हजार ८२० इकाई खरीद माग रहेको छ ।