क्युवामा सरकार विरोधी दुर्लभ प्रदर्शन: एकजनाको मृत्यु भएको पुष्टि

क्युवामा सरकार विरोधी प्रदर्शनको क्रममा एकजनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन्। सरकार विरोधी दुर्लभ प्रदर्शन सुरु भएयताको यो पहिलो पुष्टि भएको मानवीय क्षति हो। मृत्यु हुने व्यक्ति ३६ वर्षका डिउबिस लौरेन्सिओ तेहेडा रहेको क्युवाको सरकारी सञ्चारमाध्यमले जनाएको छ। उनको राजधानी हवानाको बाहिरी क्षेत्रमा सोमबार मृत्यु भएको हो। सरकारी सम्पत्तिमा आक्रमण गर्नेहरु मध्ये उनी एक […]