शीतलनिवास जाने नजानेबारे निर्णय लिन देउवा र उपेन्द्रबीच भेट हुँदै

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग निर्णायक छलफल गर्ने भएका छन् । काँग्रेसको पदाधिकारी बैठकमा देउवाले यादवसँगको छलफलपछि आगामी रणनीति तय गर्ने बताएका सहमहामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।महतका अनुसार छलफलका लागि यादव देउवा निवास बूढानीलकण्ठ जाँदै छ । देउवा र यादव बीचको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सामेल हुने उनको भनाई छ । माओवादीको स्थायी कमिटी सकिएपछि प्रचण्ड पनि देउवा निवास जाने छन् । तीन ने

सम्बन्धित सामग्री

हत्यारालाई आममाफी दिएकाे विषयमा कुरा गर्न शीतलनिवास जाँदै रास्वपाकाे टाेली

हत्यारालाई आममाफी दिएकाे विषयमा राष्ट्रपति रामचन्द्र पाैडेलसँग छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू शीतलनिवास जाने भएका छन् ।

राष्ट्रपतिले बोलाए तनहुँबासीलाई शीतलनिवास

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँबासीलाई चियापानका लागि शीतलनिवास बोलाएका छन्।उनले तनहुँका बासिन्दासँग भेटघाटका लागि दिउँसो ३ बजेदेखि ५ बजेको समय छुट्याएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए। भेटका क्रममा उनले आफूलाई मत दिएर विजयी गराएकोमा धन्यवाद दिन र उनीहरूको गुनासो सुन्नलाई राष्ट्रपतिले शीतलनिवासमा बोलाएको कार्कीले बताए।

प्रचण्डलाई समर्थन गर्न शीतलनिवास गएको छैन, घरमै छु : नेकपा एसका सांसद श्रेष्ठ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतलनिवास नगएको बताएका छन् । आइतबार नयाँ सरकारलाई समर्थन गर्न राष्ट्रपति कार्यालय शीतलनिवास गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे । उनले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको समेत स्पष्ट पारे । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको […]

नागरिकता विधेयक हुबहु शीतलनिवास पठाइने

सत्तारुढ गठबन्धनको बैठकले प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको नागरिकता विधेयक कुनै फेरबदलबिनै शीतलनिवास पठाउने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीले २९ साउनमा फिर्ता गरेको नागरिकता विधेयक मंगलबारको संसद् बैठकमा पेस भइसकेको छ ।संसद्मा छलफलका लागि पेस भएको उक्त विधेयकलाई बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो । दोस्रो पटक शीतलनिवास […]

किन गए केपी ओली शीतलनिवास ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थिए । बुटवलबाट राजधानी फर्किँदा साँझ परिसकेको थियो । काठमाडौँ ओर्लेर उनी आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ लागे ।एमाले अध्यक्ष ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरे । यो भेटबारे शीतलनिवास र बालकोट स्रोतले केही पनि सार्वजनिक गर्न चाहेको छैन । राष्ट्रपतिबारे ओलीको भेटवार्ताबारे राष्ट्रपति कार्यालयका कर्मचारी बोल्न चाहेन

राष्ट्रपतिले किन बोलाइन् गृहमन्त्रीलाई शीतलनिवास ?

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे भण्डारीले गृहमन्त्रीसँग जानकारी लिएकी थिइन् । देशका विभिन्न भागमा आएको बाढी, पहिरा र डुबानका सन्दर्भमा पनि गृहमन्त्री खाँणले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए ।राष्ट्रपतिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे पनि चासो राखेको बुझि

शपथ लिन शीतलनिवास लागे देउवा

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सथपग्रहणका लागि निजी निवास बूढानीलकण्ठबाट शीतलनिवास लागेका छन् । राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि देउवा ढिला गरी निस्किएका हुन् ।

शीतलनिवास बाहिर प्रदर्शन

काठमाडौं / नेपाल विद्यार्थी संघले संसद विघटनको विरोधमा राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी संघले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो । The post शीतलनिवास बाहिर प्रदर्शन appeared first on Purbeli News.

‘तटस्थ नेता’ दौडिए बालुवाटारदेखि शीतलनिवास !

सरकार बनाउने र ढाल्ने विषयमा तटस्थ रहेको दाबी गर्दै आएका  जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोको बालुवाटार र शीतलनिवासतिर दौडधूप बढेको छ ।संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने गठबन्धनप्रति अरुचि देखाउँदै तटस्थ बसेका यी नेताहरु बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगे ।बालुवाटारमा प्रधानमन्त्री ओलीसँग सल्लाह गरिसकेपछि ठाकुर र महतोले राष्ट्रपतिसमक