नेकपा माओवादी केन्द्र जुम्लामा ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इन्चार्ज गोमा कुँवरले अधिवेशन हुन बाँकी वडाको पनि एक दुई दिनभित्र अधिवेशन हुने बताए । माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व