नेकपा एमाले लुम्बिनी संसदीय दलले बाढी प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग गरेको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै अतिरिक्त स्रोत परिचालन गरेर भए पनि क्षतिपूर्ति दिन प्रदेश सरकारसँग एमालेले माग गरेको हो ।
लगातारकाे वर्षासँगैको बाढीले भित्र्याउन ठिक्क पारिएको धानबालीमा ठूलो क्षति गरेको छ ।
साथै एमालेले बाढीपहिरोले विभिन्न ठाउँमा भएका अवरोध खुलाउन र आवागमनमा सास्ती भोगिरहेका सर्वसाधारणलाई उद्धार गर्नसमेत ध्यानाकर्षण गराइएको छ ।
यस्तै एमालेले मोतिपुरमा अनाहकमा ४ जना निहत्था नागरिकको ज्य...