काभ्रे : काभ्रेका कोरोना संक्रमित एक महिलाको काठमाडौँमा मृत्यु भएको छ।
काभ्रेबाट थप उपचारका लागि काठमाडौँस्थित एक अस्पतालमा लगिएकोमा पनौती नगरपालिका–१० खोपासीकी कोराना संक्रमित महिलाको आज (बिहीबार) उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। योसँगै कोरोना महामारीको दोस्रो लहर भयावह बन्दै गएको अवस्थामा पछिल्लो २४ घण्टा नबित्दै जिल्लाका २ जनाको मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाक...